back

आइसिसी: नेपाली क्रिकेट टोलीको घोषणा

वि.सं.२०७३ फागुन २२ आइतवार

495 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन,काठमाडौँ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । त्यसैगरी छनोट हुने अन्य खेलाडीमा शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् । वैकल्पिकतर्फ भने राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की तथा दिलीपनाथ छन् ।

आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटीका अधिकारी वेन्कटपति राजु(क्रिकेट विकास अधिकृत, आइसिसी–एसिया) मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्का रहेको छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।

वि.सं.२०७३ फागुन २२ आइतवार ११:२८ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...