back
CTIZAN AD

महेश श्रेष्ठलाई ज्यान मार्ने धम्की

वि.सं.२०७३ फागुन २२ आइतवार

834 

shares

mashesh-shrestha-nepalनेपाली साझा मंच अन्तर्राष्ट्रिय समन्वय समिति संयोजक महेश श्रेष्ठ नेपाल वैदेशिक रोजगारीका सन्दर्भमा आएका समस्या बारे सार्वजनिक गरेको भन्दै आक्रमण र ज्यानमार्ने धम्की आएको सार्वजनिक गरेका छन् । साउदी अरबको दमाम नेपाली राजदुतावासद्वारा आयोजित सचेतना कार्यक्रममा आफूले राखेको कुरालाई लिएर आफूलाई ज्यान मार्ने धम्की आएको बताउँछन् ।

उनले साउदी अरबमा देखिएको वैदेशिक रोजगारमा आएका नेपालीहरुका समस्या समाधानका लागि आफ्नो मत दिएका थिए । अन्तर्राष्ट्रिय श्रम अदालतमा आवाज पुरयाउन र नेपालमा गरिएको सम्झौता विपरित तलब, सुविधा दिने र साउदी अरबमा ल्याएपछि फरक सम्झौता गर्न बाध्य पार्ने कम्पनीहरुलाई नेपाल सरकारले कुटनैतिक पहल गरेर त्यस्ता सम्झौता खारेज गराउनु पर्ने र त्यस्ता कम्पनीमा पठाउने मेनपावर कम्पनीलाई कालोसूचिमा राख्नु पर्ने सुझाव पनि उनले राखेका थिए ।

ujuri-against-limbu

सवारी दुर्घटनाका कारण भएको घटनामा परेका मृतकका परिवारलाई ब्लडमनि ९७ हजार ७ रियाल दिन नसकेर ४ वर्ष अघिदेखि अलहसाको सेन्टर जेलमा रहेका संजिव यादवलाई मुक्त गराउन नेपाली साझा मंचले सहयोग अभियान संचालन गर्ने सूचना सुनाएको र आफ्नो सुझावलाई नेपाली साझा मंचका तर्फबाट राखिएको विचारलाई सहभागिहरुले कर्तल ध्वनिका साथ स्वागत गरेको समेत उनले बताए ।

उनी भन्छन् “कार्यक्रमको समाप्तीपश्चात् फर्कने क्रममा भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय सदस्य एवं साउदी अरब जुबैलमा रहेको न्यू अन्नपुर्ण नेपाली रेष्टुरेण्टका संचालक यावा लिम्बूले आफूलाई आक्रमण गरेर ज्यान मार्ने धम्कि दिएका सुनाउँछन् ।

आफूलाई धम्कि आएको सन्दर्भमा स्पष्ट पार्दै श्रेष्ठ भन्छन् “म बाहिर निस्केर साथीहरुसंग हाम्रो “देशका लागि केहि त गरौ १, अभियानलाई र चार वर्षदेखि सबैले बेवास्ता गरेका मधेशी समुदायका धनुषाका संजीव यावालाई जेलमुक्त गराउनका लागि हातेमालो गरौ है भनेर सहयोग माग्दै थिएन् । त्यहीबेला ‘आज महेश श्रेष्ठलाई कुट्ने कुरा छ ।’ भन्दै एक्कासी आक्रमण गरेर उनले हातपात गरे । साथीहरुले छुटाएर लादा पनि ‘तँलाई मारेर फालिदिन्छु, के सम्झेको छस् ‘ भनेर यावदले धम्कि दिए । तर त्यो कायरतापूर्ण आक्रमण र धम्कीबाट आफू रत्तिभर विचलित नहुने बताउँछन् ।

त्यो घटना लगत्तै आफूले काबा राजदुत आनन्द शर्मालाई ठाडो उजुरी दिएको उनी बताउँछन् । निज लिम्बूले आफ्नै गाउका विहोस लिम्बू, लक्ष्मीराज तावा लगायतलाई वैदेशिक रोजगारमा सिंगापुर पठाउछु भनेर ठगेको र पीडितहरुले उसका विरुद्धमा उजुरी पनि गरेको प्रमाण प्राप्त भएको श्रेष्ठ बताउँछन् । वैदेशिक रोजगार विभागमा उजुरी दर्ता नं. १०३९० रहेको उनी बताउँछन् ।

वि.सं.२०७३ फागुन २२ आइतवार ११:५३ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...