काठमाडौं । नेपालमा आज २४६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ८३६ नमुना परीक्षणमा २४६ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका २४६ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३४७ जना निको भएका छन् । आज निको भएका ३४७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त, हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ ।
त्यसैगरी नेपालमा आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको छ ।
हाल नेपालमा ६ हजार ९२१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३४२ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने १०७ जनाको आइसीयु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
खोप लगाउनेको संख्या २ करोड नजिक
नेपालमा हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या झण्डै २ करोड पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोड ८८ लाख ६२ हजार २१६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड २ लाख ४८ हजार ३६९ जनाले पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:१६ मा प्रकाशित




























