back
CTIZAN AD

कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

वि.सं.२०७८ मंसिर २० सोमवार

978 

shares

काठमाडौं । नेपाली कांग्रेसको शनिवार सम्पन्न प्रदेश अधिबेशनको निर्वाचनको मत परिणाम अनुसार प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् ।

पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षका थापाले शेरबहादुर पक्षको समेत समर्थनसहित सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिमा विजयी थापाले ८४४ मत ल्याएर सभापतिका अर्का उम्मेदवार गुरुराज घिमीरेलाई पराजित गरेका हुन् । घिमीरे २ मतको अन्तरले मात्र पराजित भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका घिमीरेले ८४२ मत प्राप्त गरेका थिए ।
प्रदेश अधिबेशनको निर्वाचनमा कूल १ हजार ७५२ मत खसेको थियो ।

त्यसैगरी प्रदेश उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भएका छन भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन् ।

त्यस्तै सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन् ।

निर्वाचनको मत परिणाम असामान्य भएको भन्दै घिमीरे पक्षले पुनः मतगणनाको माग गरेका छन् । तर, निर्वाचन समितले भने यसबारेमा आफ्नो धारणा नराखेको बताइएको छ ।

यो पनि…

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुन मगर विजयी

 

वि.सं.२०७८ मंसिर २० सोमवार ०८:४२ मा प्रकाशित

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...