back
CTIZAN AD

कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानिया वियजी

वि.सं.२०७८ मंसिर २० सोमवार

999 

shares

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश अधिबेशनको निर्वाचनको मत परिणामको अन्तिम नतिजा अनुसार प्रदेश सभापतिमा इन्द्र बानिया निर्वाचित भएका छन् ।

शेरबहादुर देउवा निकट मानिने बानियाँलाई कृष्ण प्रसाद सिटौला समुहका भिमसेन दासले पनि समर्थन गरेपछि सभापतिमा बिजयी भएका हुन् ।

बानियाँले १०८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रधी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जगदिश नरसिंह केसीले ९२७ मत प्राप्त गरेर पराजित भएका छन् । केसी नुवाकोट कांग्रेसका निर्वतमान सभापति समेत हुन् ।

बागमती प्रदेशमा शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद पौडेल समुहका तीन उम्मेदवारको त्रिपक्षीय प्रतिश्पर्धा भएको थियो ।
शनिवार सम्पन्न निर्वाचनको आइतवार सार्वजनिक गरिएको मत परिणाम अनुसार सभापतिका तीनैजना उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि सभापतिका लागि पुनः मतदान भएको थियो । त्यसमा सिटौला पक्षीय भिमसेनदासले मिलेर जानुपर्ने बताउँदै आफ्नो समर्थन शेरबहादुर समूहका बानियाँलाई दिएका थिए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका बानियाँ बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर कांग्रेसका सभापति समेत हुन् ।

बागमती प्रदेशमा रहेको कूल मत २१५१ मध्ये २०२५ मत खसेको थियो ।

यो संगै नेपाली कांग्रेसको ६ वटा प्रदेशमा सम्पन्न प्रदेश अधिबेशनको निर्वाचनले सभापति लगायतका अन्य पदमा नयाँ नेतृत्व चयन गरिसकेको छ ।

कतै दुइपक्षीय त कतै त्रिपक्षीय रुपमा भएको प्रतिश्प्रर्धाबाट उम्मेदवारी दिएकाहरुमा शेरबहादुर देउवा समुहले ५ वटा प्रदेश र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गण्डकी प्रदेशमा मात्र आफ्नो नेतृत्व चयन गर्न सफल भएको छ ।

देउवा समूहले लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, कर्णाली प्रदेशमा ललितजग शाही र सुदूरपश्मि प्रदेशमा वीर बहादुर बलाएरलाई सभापतिमा निर्वाचित गरेको छ भने बागमती प्रदेशमा भएको त्रिपक्षीय प्रतिश्प्रर्धामा कृष्ण प्रसाद सिटौला र शेरबहादुर देउवा समूहले इन्द्र बानियाँलाई सभापतिमा निर्वाचित गरेको छ भने प्रदेश १ को सभापतिमा सिटौला र देउवा पक्षका उद्धब थापा निर्वाचित भएका छन् ।

कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

वि.सं.२०७८ मंसिर २० सोमवार ०९:११ मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...