back
CTIZAN AD

युएई सरकारको कोरोनासम्बन्धी नियम थाहा नपाउँदा एयरपोर्टमै अलपत्र पर्दै नेपालीहरु

वि.सं.२०७८ मंसिर २० सोमवार

768 

shares

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट युएईको सारजाह उड्ने तालिका थियो । आठ बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा पुगेका उनी प्रस्थान गेटमा पिसीआर रिर्पोट देखाएर एयरपोर्टभित्र पसे । जब चेक इनका लागि एयर अरेबियाको काउन्टरमा पुगे त्यहाँ उनीसँग ६ घण्टा अगाडिको र्‍यापिड टेष्टको रिर्पोट मागियो त्यतिबेला उनी अन्यौलमा परे ।

युएई सरकारले आफ्नो देशमा प्रवेश गर्ने अन्य देशका नागरिकलाई २४ घण्टाको पिसीआर रिर्पोट र खोप लगाएको प्रमाण देखाएर प्रवेश गर्नुपर्ने नियम मात्र जानकारी भएका थापा एयरलाइन्सको यस्तो मागपछि आत्तिए । अनि उनी आफ्ना चिनेजानको साथीलाई तत्कालै फोन लगाए । उनले दिएको केही उपाएपछि एयरपोर्ट बाहिर रहेको र्‍यापिड टेष्ट गर्ने स्थानमा आएर स्वाव दिए । त्यतिन्जेल पनि एयरलाईन्सका कर्मचारीले उनीसँग ६ घण्टाको अगाडिको रिर्पोट चाहिने अन्यथा जान नमिल्ने भनिदिएपछि उनी एकघण्टामै र्‍यापिड टेष्टको रिर्पोट नआएमा ‘म बोर्ड गर्दिन’ भनेर रिर्पोटको पर्खाइमा बसे । उनी त्यहाँ बस्दा बस्दै एयर अरेवियाबाटै युईएका लागि यात्रा गर्ने अन्य यात्रु पनि र्‍यापिड परीक्षणका लागि दौडिदै गरेको देखे ।

‘मैले युएईमै रहेको एउटा ट्राभलमार्फत् टिकट लिएको थिए तर, टिकट काट्ने बेलामा पनि पिसीआरसँगै र्‍यापिड टेष्ट पनि गर्नुपर्छ भनेर भनिएन,’ थापाले संसारन्युजसँग भने, ‘एक्कासी ६ घण्टा अगाडिको ¥यापिड रिर्पोट माग्दा म त आत्तिए, के गरौँ र कसरी गरौं भयो अनि हतार–हतार परीक्षणमा लागेँ । अन्य साथीहरु पनि त्यसरी नै दौडदैँ हुनुहुन्थ्यो । उहाँहरुलाई पनि यसबारेमा थाहा थिएन ।’
थापाले १२०० तिरेर र्‍यापिड टेष्ट गरेको १ घण्टामै रिर्पोट आएको र आफुलाई उड्न सहज भएको बताए । उनले यस्तो नयाँ नियमबारे आफुलाई थाहा नभएको जानकारी दिए ।

‘यो युएई सरकारको नियमअनुसार गरिएको हो’

एयर अरेविया नेपालका युवराज शाहीले पनि यो युएई सरकारको नियमअनुसार गरिएको बताए । संसारन्युजको कुराकानीमा शाहीले युएईबाट नेपाल आउने कुनैपनि यात्रुहरुले रिर्टन टिकट लिएर आएमा एयरअरेवियाको काउन्टर टिकट कन्फर्म गर्न आउँदा उनीहरुलाई ६ घण्टा अगाडि र्‍यापिड टेष्ट गर्नका लागि आफुहरुले सुझाउने गरेको तर, अन्य ट्राभल ऐजेन्सीहरुबाट टिकट काटेकाहरुको सन्दर्भमा भने आफुहरुलाई जानकारी नभएको बताए ।

‘युएईबाट रिर्टन टिकट लिएर आउनेहरु जानुभन्दा तीन दिन अगाडि टिकट कन्फर्म गर्न आउनुहुन्छ । त्यहिबेलामा हामीले उहाँहरुलाई यस्तो सुझाब दिने गरेका छौं । तर ट्राभलबाट टिकट लिएकाहरुको सन्दर्भमा भने हामीसँग सम्पर्क नभएकाले थाहा हुँदैन ।’

तपाईहरुको प्रत्येक दिन युएईका लागि हुने उडानमा कहाँको यात्रु छन् उनीहरुको सम्पर्क के छ भन्ने कुरा थाहा हुँदैन र ? भन्ने संसारन्युजको प्रश्नमा उनले झण्डै ५० प्रतिशत यात्रुहरुको नेपालको सम्पर्क नम्बरलगायतको विवरण ट्राभलहरुले दिने नगरेका कारण आफुहरु यस्तो सूचना दिन असमर्थ रहेको उनले बताए ।

उनले एयर अरेवियाको उडानबाट युएई जानेहरुले सुमेरु अस्पतालबाट र्‍यापिड टेष्ट गराउन सक्ने जानकारीसमेत दिएका छन् । तर एयर अरेवियाकै उडानबाट युएई जान थालेका राजेश थापाले भने एयरपोर्टको पार्किङमा रहेको कान्तिपुर अस्पतालको अस्थायी काउन्टरबाट र्‍यापिड टेष्ट गराएको र नेगेटिभ भएको प्रमाणपत्र लिएर युएई पुगेका छन् ।

युएईस्थित दूतावास के भन्छ त ?

युएईमा रहेको नेपाली दूतावासले पनि यसबारेमा जानकारी सहितको सूचना तीनमहिना अगाडि आफ्नो सामाजिक संजाल फेसबुक पेजमा राखेको छ । तर, यस्तो सूचना कति नेपालीको पहुँचमा पुगेको छ भन्ने कुरा राजेश थापालगायतका युवाहरुले एयरपोर्टमा पुगेर पाउने दुःखले बताउँछन् ।

दूतावासले गत भदौमा सूचना जारी गर्दै भनेको छ– दुबईको आवासीय भिसा भएका नेपालीहरुले कोभिड –१९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नुहुनेछ । तर, खोप प्रमाणपत्र नचाहिने भए पनि ४८ घण्टाभित्रको पिसीआरको नेगेटिभ रिर्पोट र चार घण्टाभित्रको र्‍यापिड पिसीआर टेष्ट भने चाहिनेछ । तर, खोप प्रमाणपत्र बिना दुबईबाहेक युएईका अन्य इमिरेट्सहरुमा प्रवेश गर्न पाइने छैन ।’

चार महिना अगाडि दूतावासले सो सूचना जारी गरेको भएपनि युएइमा कार्यरत नेपालीहरुले घर आएर पुनः युएई फर्किने बेलामा यो सम्बन्धी ध्यान पु¥याएको वा जानकारी नलिएका कारण दुःख पाएको देखिन्छ ।

May be an image of text

तर, खोजिन्न बाध्यकारी बनाइएको र्‍यापिड टेस्टको रिपोर्ट

एयरपोर्टमा र्‍यापिडटेष्ट नभएकै कारण दुःख पाएका राजेश थापाले युएई पुगेपछि भने र्‍यापिड टेष्टको रिर्पोट कहि नमागिएको बताए । ‘मैले यहाँ सारजाह एयरपोर्टमा झरेपछि पिसीआर टेष्टको रिर्पोट देखाए । र्‍यापिड टेष्टको रिर्पोट भने मागिएन । बुझ्न सकिन आखिर र्‍यापिड टेष्ट गरेको रिर्पोट कहाँ काम लाग्छ भनेर ?’

एयरपोर्टमा आएर दुःख पाउनभन्दा आफु कुन एयरलाईन्सबाट युएई उड्न लागेको हो सम्बन्धीत एयरलाईन्सको अफिसमा यसबारेमा बुझेर र्‍यापिड टेष्ट गराउनसमेत थापाले अनुरोध समेत गरेका छन् ।

‘मार्चमा म युएई फर्किदा यस्तो नियम थिएन अहिले युएई सरकारले नै र्‍यापिड टेष्ट पनि गराउन भनेको रहेछ । त्यसैले पनि दुःख पाउनुभन्दा पहिले बुझेर युएईको यात्रा गर्न अनुरोध गर्दछु ।

अर्को कुरा युएईमा कहि पनि र्‍यापिड टेष्टको रिर्पोट हेर्न मागिदैन । यसबारेमा दूतावासले युएई सरकारको सम्बन्धीत निकायसँग समन्वय गर्न आवश्यक देखिएको छ । पहिलो ६ घण्टा अगाडि एयरपोर्ट पुगेर र्‍यापिड टेष्ट गराउनुपर्ने झन्झट र अर्को १२ सय रुपैयाँ त्यत्तिकै तिर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्न आवश्यक छ । उता पिसीआर गरेको २ हजार र र्‍यापिड टेष्टको १२ सय रुपैयाँ तिर्दा ३२ सय पैसा खर्च हुने बताउँछन् थापा ।

वि.सं.२०७८ मंसिर २० सोमवार १४:२५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...