back
CTIZAN AD

निगमले पायो खतरायुक्त सामाग्री बोक्न पाउने अनुमती

वि.सं.२०७८ मंसिर २० सोमवार

633 

shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगम (एनएसी) ले ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’को मान्यता पाएको छ ।

नेपालको हवाइ नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा मंसिर १९ गते क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

निगमको ६३ वर्षको इतिहासमा पहिलो पटक यो अवसर प्राप्त गरेको हो । पछिल्लो समय विश्वभरका धेरै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्ने गरेका छन् । यस्ता खतराजन्य सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ । नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि मात्रै खतराजन्य सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्ने गर्दछ ।

‘खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको आइकाओ एनेक्स १८ टिवाइएफ डकुमेन्ट ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् ने.वा.नि.का ए-३२०/ए -३३० जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेकोमा नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ,’ निगमका प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कतिपय अवस्थामा यात्रु नपाउँदा निगम खाली नै उड्नुपर्ने अवस्था रहेको तर अब खतराजन्य पदार्थ बोक्ने लाइसेन्स प्राप्त भएपछि निगमले कार्गो आयात गर्न पाउने भएकाले निगमको व्यवसाय विस्तार हुने निगमका अधिकारीले बताएका छन् ।

प्रमाणपत्र प्राप्तिसँगै अब नेपाल एयरलाइन्सलाई खतरनाक पदार्थको सूचीमा रहेका वस्तुको आयात तथा निर्यातका लागि स्थायीरुपमा बाटो खुला भएको छ । खतराजन्य पदार्थको रुपमा औषधीजन्य र विद्युतिय सामाग्रीहरु पर्दछन् ।

निगमले औषधीजन्य पदार्थ र साधारण कार्गोजन्य सामाग्रीहरु आयात गर्दै आएको भएतापनि विद्युतिय सामाग्रीहरुको भने आयात गरेको थिएन् । प्रकृया पुरा गरेर नै अहिले निगमले इतिहासमै पहिलोपटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो । सो प्रमाणपत्र प्राप्त गर्नको लागि निगमले ६ वर्षदेखि निरन्तर प्रयास गरेको थियो ।

के अब निगमको व्यवसाय सुधारिन्छ ?
नेपाल बायुसेवा निगमसँग अहिले ५० अर्ब भन्दा धेरै ऋण रहेको अवस्था छ । व्यवसायको गति र व्यवस्थापनमा भएको कमजोरीका कारण निगमलाई ऋणको ब्याज थेग्न समेत गाह्रो भइरहेको अवस्था छ । निगमलाई लाइसेन्स प्रदान गर्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो धारणा राख्ने क्रममा राष्ट्रिय ध्वजाबाहक विमानलाई जुनसुकै हालतमा माथि उठाउनुपर्ने बताए । निगमले प्राप्त गरेको सो प्रमाणपत्रका आधारमा नेपाल एयरलाइन्सको आम्दानीसँगै सरकारको राजश्व समेत बढाउने अपेक्षा गरिएको छ ।

निगमको ए –३३० विमानको कार्गो क्षमता १५ टनको रहेको छ । कतिपय अवस्थामा यात्रु नपाउँदा निगम खाली नै उड्नुपर्ने अवस्था रहेको तर अब खतराजन्य पदार्थ बोक्ने लाइसेन्स प्राप्त भएपछि निगमले कार्गो आयात गर्न पाउने भएकाले निगमको व्यवसाय विस्तार हुने निगमका अधिकारीले बताएका छन् ।
निगमका अधिकारीहरुका अनुसार निगमले सो प्रमाणपत्र प्राप्ति गरेपछि अब राजस्व आम्दानीमा ४ गुणा वृद्धि गर्नेछ । साथै निगमले अब आफ्नो विमानको कार्गो क्षमताको भरपुर उपयोग गरेर विदेशी मुद्रा समेत आर्जन गर्ने निगम प्रवक्ताद्वारा जारी विज्ञप्तिमा अपेक्षा गरिएको छ ।

 

वि.सं.२०७८ मंसिर २० सोमवार २०:२५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...