Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

हुन्डाइले नेपाली बजारमा ल्यायो ‘नयाँ कोना इलेक्ट्रीक’ कार



काडमाडौ । हुन्डाई अटोमोवाइलको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ ।

नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक क्रसओभर कार हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा परिमार्जन भएर आएको छ ।

कोनाको इन्टेरियर तथा एक्सटेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्ने छन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढ्नुका साथै नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ ।

नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर थपिएका छन् । एक्सटेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट रहेका छन् । नयाँ कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने बताइएको छ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ । जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले जनाएको छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ पनि उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्न मद्दत पु¥याउँछ । कोनामा रहेको ८ इन्चको टचस्क्रीनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राईभिङ एक्सपिरियन्सलाई आनन्ददायी बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पहिलाको कोनाले जस्तै नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विस्वास लिएको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्ने क्रम बढाएको छ । कम्पनीले अहिले नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके