back
CTIZAN AD

आज बिहीवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७८ मंसिर २३ बिहीवार

717 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम थालनी हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि सामान्य आर्जन गर्न सकिनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत पनि फेला पार्न सकिनेछ। तर, खर्चिलो काम थालनी हुनाले तत्काल धेरै रकम जोहो गर्नुपर्ने हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत परे पनि कामबाट मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। परिस्थिति अनुकूल बन्नाले नयाँ काम थालनी हुनेछ। पछिका लागि लगानी गर्नुपर्ने हुन सक्छ।तर, अरूको फाइदाका लागि उपयोग भइने समय रहेकाले सावधान रहनुहोला। साँझतिर आँटेको काम सम्पादन हुनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्। प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। फजुल खर्च बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। सहयोगीहरू पछि हट्नाले काम रोकिन सक्छ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थिति केही अनुकूल बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। व्यापार–व्यावसाय बढ्नेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला। साँझदेखि स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। श्रमपूर्वक समर्पित हुँदा न्यून उपलब्धि प्राप्त गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतको फलले हर्षित तुल्याउनेछ। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै रोकिएका काम सम्पादन गर्न सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। साँझतिर आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समय लागे पनि केही काम सम्पादन हुनेछन्। चिताएको उपलब्धि तत्काल प्राप्त नभए पनि पछिका लागि पृष्ठभूमि तयार पार्न सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझतिर स्थिति अनुकूल बन्नेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। प्रतिस्पर्धीलाई उछिन्दै उपलब्धि हातपार्ने समय छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, साँझदेखि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। साँझदेखि भने उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग संयमित र सन्तुलित व्यवहार गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको भरपर्दा काम रोकिन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने प्रयत्न गर्दा काम बनाउन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। साँझदेखि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।सहयोगी जुट्नाले चिताएको काम सम्पादन हुनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही व्यवधान देखिए पनि प्रयत्न गर्दा दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। लगनशीलताले ठूलो फाइदा दिलाउन सक्छ। साँझतिर दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा पनि मनग्य लाभ हुने समय छ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ। साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ भने लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

२०७८ मंसिर २३ गते, बिहीवार, (९ डिसेम्बर २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बुधवारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७८ मंसिर २३ बिहीवार ०७:५८ मा प्रकाशित