back
CTIZAN AD

जग्गा किन्दा के-के कुरामा ध्यान पुर्‍याउनु पर्छ ? जान्नुहाेस् जग्गाबारे महत्वपूर्णं जानकारी

वि.सं.२०७८ मंसिर २३ बिहीवार

3.7K 

shares

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले जग्गा खरिद गर्दा बजेटदेखि विभिन्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासँगै मुलुकका विभिन्न सहरहरुमा जग्गाको भाउ निकै महंगिएको छ । यस्तो अवस्थामा आफ्नो बजेटसँगै सामान्यभन्दा सामान्य विषयमा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । सामान्य कुरामा पनि ध्यान नदिँदा पछि पछुताउनुपर्ने हुन्छ ।

जग्गा खरिद गर्दा आफूले कुन प्रयोजनका लागि खरिद गर्न लागेको हो त्यसमा ध्यान दिन निकै जरुरी हुन्छ । कतिपय अवस्थामा घरजग्गा किनेबेच व्यवसायीसँगको सहकार्यमा जग्गा किन्दा धेरै फस्ने पनि हुन्छ । जग्गा खरिद गर्नुभन्दा अगाडि खरिदकर्ताले खासगरी १० वटा कुरामा ध्यान दिन सुझाव दिन्छन् ‘मेरो घर’का अध्यक्ष तथा इञ्जिनियर विपिन गैरे ।

उनका अनुसार जग्गा खरिद गर्ने हतारले जग्गाको अवस्था नबुझीकन किन्दा मानिसहरू फस्ने गर्दछ । त्यसैले यदि कुनै पनि जग्गा खरिदकर्ताले इञ्जिनियर अथवा प्राविधिकको साहयता दिनुपर्ने बताए । उनले मुख्य गरी १० कुरा सुझाएका छन् ।

१) जग्गासँग जोडिएको बाटोको चौडाईः

कुनै पनि व्यक्तिले घर खरिद गर्दा सबैभन्दा बढी घडेरीसँग जोडिको बाटोको चौडाईमा ध्यान दिन आवश्यक हुन्छ । त्यसमा आफूले किनेको जग्गाको अगाडि बाटो कस्तो भन्ने थाहा पाउनु पर्दछ । कुुनै पनि जग्गा खरिद गर्दा कम्तिमा पनि ६ मिटरको बाटो पुगेको हुुनुपर्छ अथवा पुगेको छैन भने ६ मिटरको बाटो छोएर अर्को डेढ मिटर सेफगार्ड छोड्ने गरी जग्गा पर्याप्त छ वा छैन त्यसमा ध्यान दिनुपर्दछ । यदि खरिद गर्न लागेको कुनै पनि जग्गा डेडइन्डमा छ भने ४ मिटरको बाटोका लागि छोडेर सेफगार्डका लागि डेढ मिटर छोड्नुपर्छ । त्यति जग्गा त्यसमा पुग्छ वा पुग्दैन त्यसमा ध्यान दिनुपर्छ । तर, यदि कुनै पनि स्थानको बाटोको लागि धेरै सेफगार्ड छोड्नुपर्ने अवस्था आएमा आफ्नो जग्गा थोरै हुन पुग्ने भएकाले त्यस्ता खालको जग्गा किन्न ख्याल गर्नुपर्दछ । खरिदकर्ताले किन्न लागेको जग्गाको अगाडि ६ मिटरको बाटोले छोएको हुनपर्छ ।

२) जग्गाको न्यूनतम क्षेत्रफलः

जग्गा खरिद गर्दा कम्तिमा २.५ आना वा ३ आना अथवा तराई तिर हो भने ६ धुरभन्दा कमको जग्गा हुनु हुँदैन । त्यसको साथै जग्गाको मोहडा १८ फिट अर्थात् ६ मिटरभन्दा कम हुनुहुँदैन । यदि कुनै पनि जग्गाको मोहडा ६ मिटरभन्दा कम छ भने उक्त जग्गा खरिद गर्नको लागि उपयुक्त नरहेको बुझ्नुपर्दछ ।

३) जग्गा कति भिरालो छः

जग्गा खरिद गर्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने अर्को कुरा हो तपाईंको जग्गा कतिको भिरालो छ । कुनैपनि जग्गा घर बनाउनका लागि किनेको अवस्थामा जति धेरै भिरालो छ जग्गा सोहीअनुसार खर्च बढी हुने गर्दछ । त्यसैले कुनै पनि जग्गा खरिद गर्दा कम भिरालो भएको जग्गा खरिद गर्नुपर्दछ । यसले गर्दा निकट भविष्यमा खर्च कम गरी घर निर्माण गर्न सकिन्छ ।

४) जग्गाको ढल निकासाको व्यवस्थाः

जग्गा खरिद गरी घर निर्माण गरिसकेपछि सबैभन्दा महत्वपूर्ण हो ढल निकासा । पछिल्लो समय बढ्दो सहरीकरणका कारण घर निर्माणको कार्य तीव्र बढिरहेको अवस्था छ । यसले गर्दा रिङरोडभन्दा बाहिरी बस्ती बाक्लिँदै गएपनि ढलको व्यवस्था नहुँदा विविध समस्या भोग्दै आएका छन् ।

यसले गर्दा कुनै पनि जग्गा खरिद गर्दा बाथरुम, शौचालयबाट जाने पानीको ढल निकासाको व्यवस्था छ वा छैनन् भन्ने विषयमा ध्यान दिन आवश्यक पर्दछ । त्यस्तै कुनै पनि जग्गा किन्दा ढलभन्दा तलको खोचमा छ वा छैनन्, जहाँबाट ढल र पानी पर्दा बगेको पानी निस्कन सक्दैन । त्यसमा ख्याल गर्नुपर्दछ । कुनै पनि जग्गा खोाचमा रहेको र डेडइन्ड बाटोभन्दा तल छ भने समस्या हुन्छ ।

५) बाटो र जग्गाको सतहः

कुनै पनि जग्गा खरिद गर्दा बाटो भन्दा कति माथि छ र कति तल छ भन्ने विषयमा ख्याल गर्नुपर्दछ । जग्गा जति बाटोको सतहभन्दा तल भएको अवस्थामा धेरै खर्च लाग्नेछ । जसमा डीभीसीआई बढाउनु पर्दछ । कतै जग्गा सिमसार क्षेत्रमा त पर्दैैन । साथै, वर्षामा आफ्नो घर डुबानमा त पर्दैन । यदि बाटोको सतहभन्दा तल जग्गा छ भने यस्ता समस्या आउँदछ । त्यस्तै जग्गा माथि भएको अवस्थामा बाटोको सतहमा ल्याउनका लागि धेरै खर्च हुन्छ ।

६) जग्गाको कानूनी पक्षः

जग्गा खरिद गर्दाको सबैभन्दा बढी ध्यान दिनुुपर्ने अर्को हो जग्गाको कानुनी पक्ष । नेपालमा कानूनी पक्षमा नरहेको जग्गा खरिद गर्दा कतिपय मानिसको पैसा फस्न पनि सक्छ ।

जसमा जग्गा खरिद गर्ने व्यक्तिले लालपूर्जा, ब्लुप्रिन्ट, ठेगाना आवश्यक पर्छ । ब्लु प्रिन्ट भएको नक्सा र खरिद गरेको जग्गाको वास्तविक जग्गा मिल्छ वा मिल्दैन हेर्नुपर्छ । यदि ब्लू प्रिन्टमा भएको र वास्तविक जग्गाको १० देखि १५ प्रतिशतसम्म जग्गाको बनावट नमिलेको अवस्थामा नापी विभागमा गएर सम्पर्क गरी हरेर किन्न सकिन्छ ।

त्यस्तै कुनै पनि जग्गाको नक्सामा गारेटो बाटो, पुल हुनसक्छ । तर, किन्ने बेला नदेखिन सक्छ । त्यसमा ब्लू प्रिन्ट अथवा नापी हेर्न सकिन्छ । त्यसका लागि कुनै पनि प्राविधिक, इञ्जिनियरको सल्लाह लिएर प्रिन्टमा देखिएको तथा फिल्डमा नदेखिन सक्ने भएकाले खरिदकर्ताले विचार पुर्याउनु पर्दछ । त्यसैगरी जग्गा खरिद गर्दा उक्त जग्गामार्फत् जग्गा पास भएर आएको छ त्यसबारे पनि इतिहास हेर्नुपर्दछ । जसमा उक्त जग्गा संस्था, गुठी वा व्यक्तिको सबै हेर्न आवश्यक पर्दछ ।

७) बिजुलीको प्रशारण लाइनः

जग्गा किन्दा आफ्नो जग्गाको वरिपरि बिजुलीको प्रशारण लाइन छ वा छैनन् त्यसमा ख्याल गर्नुपर्दछ । बिजुलीको प्रशारण लाइन भए पनि ३ वटा कुरामा ध्यान दिनुपर्दछ । जसमा बिजुली प्रशारणको लाइन ११ केभीभन्दा कम छ भने उक्त लाइनदेखि डेढ मिटर छोडेर मात्रै संरचना बनाउन सकिन्छ । यदि जग्गाको वरिपरि ११ केभीदेखि ३३ केभीको प्रशारण लाइन छ भने त्यो लाइनबाट ३ मिटर छोड्नुपर्छ । तर, कुनै पनि स्थानमा ३३ केभीको प्रशारण लाइन छ भने १५ मिटर टाढा घर बनाउनु पर्दछ । साथै, प्रशारण लाइन जग्गाको माथि भएको अवस्थामा त्यसमा कुनैपनि संरचना बनाउन नपाइने व्यवस्था हुँदा त्यसमा ध्यान दिन आवश्यक रहेको छ ।

८) खोलाको किनारः

जग्गा किन्दा मुख्य ध्यान दिनुपर्ने कुरा हो खोलाको किनार । जग्गा किन्दा खोलाको प्रकार र आकार हेरेर खोलाबाट १० मिटरदेखि ६० मिटरसम्म छोड्नुपर्दछ । त्यसमा सानो खोला भएमा १० मिटर र ठूलो खोला छ भने ६० मिटर छोड्नु पर्दछ । कुनै पनि जग्गा खोलाको किनारामा रहेको छ भने नापीमा वा नगरपालिकामा गएर कति जग्गा छोड्नुपर्छ भनेर मात्रै खरिद गनुपर्छ ।

९) जग्गा कुन जोनमा पर्छः

कतिपय मानिसहरू जग्गा किन्नका लागि हतारिन्छन् । जसले गर्दा सानाभन्दा साना कुरामा ख्याल नहुन सक्छ । त्यसले जग्गा खरिद गरिसकेपछि मात्रै यो क्षेत्रमा पर्दछ भन्ने थाहा पाउँछन् । सामान्यतया मानिसहरूले जग्गा खरिद गर्दा उक्त जग्गाको नगर क्षेत्रमा गएर आवायसी, मिश्रित, व्यवसायीक हो वा स्मार्ट सिटीको परियोजना आउँदै छ कि भन्ने विषयमा ध्यान दिनुपर्छ । साथै, कुनै पनि परियोजनाको विचारधिन अवस्थामा रहेको छ भन्ने विषयमा स्पष्ट हुनुपर्दछ । घरका लागि खासै असर नपरे पनि अन्यो औद्योगिक भवन, व्यवसायीक भवनले ध्यान दिनुपर्दछ ।

१०) जग्गा ब्रिफ्रिङः

सामान्यतया गर्मी ठाउँमा घरलाई चिसो बनाउनुपर्ने हुन्छ । त्यसले गर्दा घर घामको विपरीत दिशामा बनाउँदा घर चिसो हुनेछ । त्यस्तै चिसो ठाउँमा रहेको घरलाई घाम लाग्ने दिशातर्फ फर्काएमा बढी तातो हुनेछ । यदि काठमाडौं वा चिसो ठाउँमा जग्गा किनेको छ भने पूर्व अथवा दक्षिण फर्केको राम्रो हुन्छ । यदि तराई वा गर्मी ठाउँमा जग्गा किन्ने खण्डमा उत्तर अथवा उत्तर-पूर्व फर्केको हुनुपर्दछ । क्लिकमाण्डूबाट

वि.सं.२०७८ मंसिर २३ बिहीवार १३:२३ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...