काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनको सचिवालयले जनाएअनुसार बुधबारदेखि नै ओलीलाई रुघा खोकीले ग्रस्त छन् ।
उनी अस्वस्थ भएसँगै बिहीबार दिउँसो बाेलाइएकाे अन्तरक्रियात्मक कार्यक्रम अन्तिम समय स्थगित गरिएको छ। साथै अस्वस्थताकै कारण अन्य यसअघि तय भएका कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् ।
प्रेस चौतारीले ओलीको उपस्थितिमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो । तर ओली अस्वस्थ भएपछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १३:४१ मा प्रकाशित






























