back
CTIZAN AD

लमजुङमा शिक्षक र विद्यार्थी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ८ जना घाईते

वि.सं.२०७८ मंसिर २३ बिहीवार

594 

shares

काठमाडौं । लमजुङमा शिक्षक विद्यार्थी चढेको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिका ९ मा रहेको गणेश मा.वि स्कुलबाट वडा नं ८ मा रहेको भुस्ने डाँडामा शैक्षिक भ्रमणमा जान लागेको उक्त ग१ज ६३१७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाईते भएका छन् ।

उक्त जीपमा सवार कपिलवस्तुको बाणगंगा ८ घर भइ सोहि गाउँपालिकाकामा बस्ने ३८ वर्षीय शिक्षक कमल राना, कक्षा ७ मा पढ्ने १३ वर्षीया प्रनिशा गुरुङ र कक्षा ६ मा पढ्ने १२ वर्षीय गणेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लम्जुङका इन्सपेक्टर जगदिश रेग्मीले संसारन्युजलाई जानकारी दिएका छन् ।

उनका अनुसार गम्भीर घाईते भएका २ जनालाई उपचारका लागि चितवन पठाइएको छ भने ६ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

बिहीवार बिहान ११ः३० मा भएको उक्त जीपमा १६ जना सवार रहेका थिए । बन्दै गरेको कच्ची तथा उकालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको इन्सपेक्टर रेग्मीले बताए । उनले आफुहरु उद्धारकै क्रममा रहेको र फोन सम्पर्कमा समस्या देखिएको बताए ।
उक्त स्कुलका शिक्षक र विद्यार्थीहरु बिहीवार बिहान तीनवटा जीपमा शैक्षिक भ्रमणका लागि हिँडेका थिए ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १४:१३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...