back
CTIZAN AD

जतिसक्दो छिटो कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध, यी हुन् खोपकेन्द्र

वि.सं.२०७८ मंसिर २३ बिहीवार

711 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष भन्दा माथिका खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले बिहीवार एक सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्नका लागि १८ वर्ष भन्दा माथिका खोप नलगाएका सबै जनाले जतिसक्दो छिटो खोप लगाउन अनुरोध गरेको हो ।

मन्त्रालयले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा रहेका खोपकेन्द्रहरुको सूची समेत सार्वजनिक गरेको छ ।

यी हुन् काठमाडौंमा रहेका खोपकेन्द्र
मन्त्रालयले काठमाडौंका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, लोट्से भवन वसपार्क, कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसुतिगृह थापाथली, वीर अस्पताल महाबौद्ध, वयोधा अस्पताल बल्खु, निजामति कर्मचारी अस्पताल मिन भवन, ऐपेक्स पोलिक्लिनिक जुडिबुटी कोटेश्वरलाई खोपकेन्द्र तोकेको छ । मन्त्रालयका अनुसार भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइनेछ भने समय १० बजेदेखि ३ बजेसम्म ।

भक्तपुर
त्यसैगरी भक्तपुर जिल्लामा नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमीमा बुधवार शुक्रवार बिहान ११ देखि ३ बजेसम्म र ख्वप अस्पताल च्यामसिंह भक्तपुरमा बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० देखि १ बजेसम्म लगाइनेछ ।

ललितपुर
ललितपुर महानगरपालिकामा पाटन अस्पताल छवा–बहाल जनस्वास्थ्य शाखा, शैबु स्वास्थ्य चौकी, गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पताल, बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, र लेले प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १० बजेदेखि ३ बजेसम्म लगाइने छ । साथै महालक्ष्मी नगरपालिकामा लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी, बागमती गाउँपालिकामा भट्टेडाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाउँपालिकामा चौघरे स्वास्थ्य चौकी र महांकाल गाउँपालिकामा भोटिखेल स्वास्थ्य चौकीमा पनि बिहान १० देखि ३ बजेसम्म लगाइनेछ । मन्त्रालयका अनुसार भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइनेछ ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:५१ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...