back

कविता: फर्कियोस् मानव

वि.सं.२०७८ मंसिर २५ शनिवार

225 

shares
RBB AD
NTC AD

कर्कसा चेतका दर्दका स्रोत हुन् ।
प्रेमका शिष्टता हर्षका मूल हुन् ।।
रोप्दछौ जे तिमी फल्छ रे त्यै फल ।
प्रेम यो रोपिए हट्दछन् दुर्मल ।।०१।।

प्रेमले कर्ममा थप्छ रे साहस ।
प्रेम यो स्वच्छ हो पस्क रे ढाडस ।।
दुष्टता चेतका फ्याँक्न होस् चाहना ।
स्वच्छता पस्क रे शान्तिका साधना ।।०२।।

दोष यी साथ छन् हर्षमा पस्दछन् ।
सौख्यका मूलमा सर्पझैँ डस्दछन् ।।
सम्झना बिर्सना साथमा डुल्दछन् ।
सम्झना राखिए प्राप्तिका हार छन् ।।०३।।

प्रेम यो सम्झने शक्तिमा पोस्तछ ।
द्वेषले सम्झने शक्ति नै खोस्दछ ।।
साथमा कर्मको साधना गर्नुछ ।
सौख्य यो चेतमा भक्तिले भर्नुछ ।।०४।।

अर्थ यो जोर्नमै व्यस्त छन् मानव ।
अन्त्यमा रिक्त नै पोलिने हो शव ।।
जन्ममा रिक्त नै जन्मियो मानव ।
अर्थ यो रास होस् लान्छ यो को सब ?०५।।

हेर्दछन्, बुझदछन्, त्याग्दछन् मानव ।
सत्यमा टाढिँदै बन्दछन् दानव ।।
वस्त्रले लाज यो छोपिए पुग्दछ ।
गाँस यो पेटमा पूर्ण होस् पुग्दछ ।।०६।।

बातका साथमा शिष्टता सार होस् ।
अन्यका दर्दमा हात यो साथ होस् ।।
झेलका खेलले टाढियो मानव ।
चेतका प्रेमले फर्कियोस् मानव ।।०७।।

छन्द:स्रग्विणी
गण: र र र र
सङ्केत: SIS SIS  SIS  SIS

वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...