back
CTIZAN AD

मगरात राष्ट्रिय समन्वय समितिको अध्यक्षमा पुरमती मगर

वि.सं.२०७८ मंसिर २६ आइतवार

849 

shares

बलेवा । जनता समाजवादी पार्टीकोे शनिबार बागलुङमा सम्पन्न प्रथम मगरात राष्ट्रिय भेलाले २७ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति गठन गरेको छ ।

पाल्पाली नेता पुरमती मगरको अध्यक्षतामा गठित सो समन्वय समितिका उपाध्यक्षहरूमा हरि घर्ती, श्याममाया मगर, अमर भण्डारी र राजेश पुन, मुख्यसचिवमा कृष्ण सापकोटाले तथा सचिवहरूमा धनीलाल राना र ओमप्रसाद गुरुङ तथा कोषध्यक्षमा नेत्र थापा चयन भएको समितिले जनाएको छ ।

पहिचानसहितको सङ्घीयताको माग गरिरहेको पार्टीले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ११ जिल्लालाई समेटेर समन्वय समिति गठन गरेको हो ।

गण्डकी प्रदेशमा नवलपुरकी नेता सुस्मिता थापाको संयोजकत्वमा २७ सदस्यीय समिति गठन भएको छ । कर्णालीमा ओमबहादुर पुनलाई संयोजकको जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरु चयन हुन बाँकी रहेको जसपाले जनाएको छ । लुम्बिनी प्रदेशको संयोजकमा अर्घाखाँचीका टोपबहादुर बराल चयन भएका छन् । लुम्बिनीमा पनि २७ सदस्यीय समिति बनेको छ ।

भेलालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानले गरेका धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्रलाई संरक्षण गर्दै सङ्घीयताको पुनःसंरचनाका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

फोनिज बागलुङका अध्यक्षमा छन्त्याल

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० बागलुङको तेस्रो अधिवेशनबाट प्रकाश छन्त्यालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
सस्थाको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा डम्बर बुढा, कोषाध्यक्षमा तिलक घर्ती र सहसचिवमा छलिता बुढा चयन हुनुभएको छ । शनिबार भएको अधिवेशनमा शर्मिला रोका, लक्ष्मी अर्गेजा, देउमाया राना, सुरेश छन्त्याल सदस्यमा चयन भएको निर्वतमान अध्यक्ष सङ्गम घर्तीमगरले बताए ।

अधिवेशनबाटै सङ्घीय महाधिवेशन प्रतिनिधिमा दिल शिरिष, राजेशचन्द्र राजभण्डारी, सङ्गम घर्ती, मनिष थापा र यामबहादुर थापा चयन भएका छन् । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा लीला थापा, विजय राना, चक्रवीर थापा, प्रशान्त घर्तीमगर, सुरेश पुन र रोम थापा चयन भएको बताइएको छ ।

समारोहमा फोनिज गण्डकीका महासचिव रुद्र श्रीष मगरले पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै पत्रकारितामा पनि अब्बल बन्ने मञ्च तयार पार्नका लागि फोनिज उपयोगी भएको बताए ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १०:२७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...