back
CTIZAN AD

कांग्रेस महाधिवेशन : दोस्रो इनिङ्गमा देउवाले जित्ने पक्का, एक्लिए शेखर

वि.सं.२०७८ मंसिर २८ मंगलवार

621 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो ।

दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मात्रै प्रतिस्पर्धा हुने देखिएको छ । बाँकी अन्य उम्मेदवारले देउवाको पक्षमा समर्थन जनाउने भएका छन् । अन्य उम्मेदवारहरुले देउवालाई समर्थन जनाउने घोषणा गरेसँगै देउवाका अगाडि शेखर कोइराला केही कमजोर देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा शेखरले भन्दा देउवाले ५ सयभन्दा बढी मत ल्याएका थिए । शेखरले १७ सय २ मत ल्याउँदा देउवाको पक्षमा २२ सय ५८ मत आएको थियो ।

अन्य सभापतिका प्रतिस्पर्धी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङ्गले २२ मत ल्याएका थिए । तीनै जनाले सभापतिका उम्मेदवार देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।

संस्थापन इतरका तीनै जना उम्मेदवार देउवा पक्षमा उभिएसँगै देउवा स्वभाविक जितको नजिक छन् । यसअघिको मत कायमै राख्ने र अन्य तीन जनाको मत जितेमा देउवाले जित्ने निश्चित देखिन्छ ।

तथापी कांग्रेसमा मौलाएको अन्तरघातको श्रृंखलालाई हेर्दा निर्णायक अवस्था के हुन्छ भन्न सकिन्न । महाधिवेशनको सुरुदेखि नै निधि देउवाको विपक्षमा उभिएका थिए । उनी आफ्नो उम्मेदवारी फिर्ता लिएरै भएपनि रामचन्द्र पौडेललाई जिताउन तयार देखिएका थिए । तर, दोस्रो चरणको निर्वाचनमा निधिले समूह नै परिवर्तन गरेका छन् ।

यसैगरि लामो समयदेखि देउवा समूह बाहिर रहेका प्रकाशमान सिंह पनि देउवाकै पक्षमा उभिएका छन् । देउवा विरोधी मनोविज्ञानबाट अगाडि आएका सिंहको उपस्थितिलाई पनि अर्थपूर्णं मानिन्छ । एकाएक नेताहरुले गरेको कित्ता परिवर्तनले आफ्नै समूहका मतदातालाई निश्चित गर्न सक्ने हुन वा होइनन् स्पष्ट छैन ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १४:५७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...