back
CTIZAN AD

रुससँग कोभिड–१९ खोपका लागि पत्राचार

वि.सं.२०७८ मंसिर २८ मंगलवार

603 

shares

काठमाडौँ । नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।

विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो । रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले राससलाई जानकारी दिए ।

पत्रमा भनिएको छ, ”कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सहायताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौं, नेपाल सरकारले विभिन्न कम्पनीद्वारा उत्पादित खोप लिने नीति लिएको छ । यो खोप विश्व स्थास्थ्य सङ्गठनको मापदण्ड अनुरुप हुनुपर्नेछ ।”

राष्ट्रिय खोप सल्लाहकार समिति, स्वास्थ्य सेवा विभागको सिफारिशअनुरुप खोपसम्बन्धी थप कागजात एवं दस्तावेज उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै कागजात प्राप्त भएपछि समिति समक्ष प्रस्ताव गरिने विषय पत्रमार्फत उक्त कम्पनीलाई जानकारी गराइएको छ ।

पत्रमा भनिएको छ,“नेपालमा हाल कोभिड–१९ नियन्त्रणमा रहेको र विश्वमा पनि सङ्क्रमण नियन्त्रणमा होस् भन्ने नेपाल चाहना राख्छ ।”रुसी सरकारी अनुसन्धान संस्था ‘गामालिया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’द्वारा उत्पादित खोप स्पुतनि–भी खरिद प्रक्रिया र नेपालमै उत्पादन सम्भावनाको जानकारी माग गरिएको बताइएको छ ।

रुसमा रहेका नेपालीको सहयोग र सम्पर्कका आधारमा उत्पादक संस्था गामालियाले नेपाल सरकारसँग समन्वय गरेपछि नेपाली संस्था रियालन्स ट्रेड एण्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले हाल सहजीकरण गरिरहेको जनाइएको छ ।

 

वि.सं.२०७८ मंसिर २८ मंगलवार १५:११ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...