back
CTIZAN AD

चुनावी मैदानबाट पछि हटेको छैन भन्दै कोइरालाले गरे मतदातालाई यस्तो अपिल

वि.सं.२०७८ मंसिर २८ मंगलवार

672 

shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि दोस्रो चरणको चुनाव लड्ने तयारी गरिरहेका डा. शेखर कोइरालाले आफु चुनावी मैदानबाट बाहिरीन लागेको भन्ने कुरा हल्लामात्र भएको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवासँग झण्डै ५ सयको मतान्तरमा पछि परेका कोइरालाले दोस्रो चरणको चुनावमा आफुले देउवासँग प्रतिस्पधार्ध गर्ने बताउँदै मतदातालाई अन्तरआत्माको आवाज सुनेर मत दिन अनुरोध समेत गरेका छन् ।

दोस्रो चरणको निर्वाचनको केही समय अगाडि हात्तिसारको होटल अरण्यामा आकस्मिक पत्रकार सम्मेलन गर्दै डा. कोइरालाले मतदातालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका हुन् ।

‘दोस्रो चरणको मतदान हुन गइरहेको छ, यहाँहरुले आफ्नो मनको अन्तर आत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘ त्यो एक मतले नेपालको भविष्य हामी परिवर्तनन गर्न सक्छौ भन्ने विश्वास लिएको छु । ’

यसअघि भएको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ र कोइरालाले १७०२ मत ल्याएका थिए । देउवाले कोइरालालाई ५५६ मत बढीले जितेका थिए । कोइराला भन्दा ५५६ मत बढी ल्याएका देउवालाई सभापतिमा विजयी हुनका लागि ८२ मतले रोकेको थियो ।

अन्ततः निधीले बोली फेरे, दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाउने

वि.सं.२०७८ मंसिर २८ मंगलवार १४:३६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...