back
CTIZAN AD

अन्ततः निधीले बोली फेरे, दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाउने

वि.सं.२०७८ मंसिर २८ मंगलवार

672 

shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी नयाँ नेतृत्व चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा नेता विमलेन्द्र निधिले देउवालाई सघाउने भएका छन् ।

नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको मंगलवार बिहान सम्पन्न मत गणनामा देउवाले २२५८ मत ल्याए पनि विजयी हुन नसकेपछि दोस्रो चरणमा हुने निर्वाचनमा निधीले उनलाई सघाउने बताइएको छ ।

सोमबार देउवाले पहिलो चरणम जित्न नसक्ने र दोस्रो चरणमा अध्यक्षका प्रत्यासीहरु एक भएर देउवाको विकल्प खोज्ने बताएका निधिले अन्ततः मंगलवार बिहान देउवा निवास पुगेर आगामी एक कार्यकालका लागि देउवालाई सघाउने बताएका हुन् ।

आज दिउँसो ३ः३० बजे हुने कांग्रेस निर्वाचनको दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणमा सभापतिका अर्का उम्मेदवार शेखर कोइरलालाई पछि पार्दै २२५८ मत ल्याएर पहिलो बनेका शेरबहादुर देउवालाई कांग्रेसको आगामी नेतृत्व सम्हाल्नका लागि जम्मा ८२ मत कम भएको थियो ।

May be an image of 3 people, people standing and indoor

यसअघि आफ्नै निवास चाक्सीवारीमा पुगेका नेता वालकृष्ण खाँडसँग साथीहरुसँग सल्लाह गरेर आफ्नो निर्णय सुनाउने भनेका प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने भएपछि सिंहसँग सल्लाह गरेर निर्णय सुनाउने बताएका निधिले देउवालाई नै समर्थन गर्ने बताएका हुन् ।

सिंह र निधिको साथ पाएसँगै देउवा नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापतिमा विजयी हुने निश्चित जस्तै बनेको छ ।

पहिलो चरणमा हारेका देउवाले दोस्रो चरणमा पाउलान् त सिंह र निधिको साथ ?

 

वि.सं.२०७८ मंसिर २८ मंगलवार १३:०२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...