काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सभापति शेरबहादुर देउवालाई बधाई दिँदै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत मंगलवार सम्पन्न सभापतिको निर्वाचनमा पुनः सभापति पदमा विजयी भएका देउवालाई बधाई दिँदै थापाले समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने बताएका छन् ।
‘आदरणीय शेरबहादुर देउवा ज्यू,पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु । समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ ।’
वि.सं.२०७८ मंसिर २९ बुधवार ११:४६ मा प्रकाशित




























