back
CTIZAN AD

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी

वि.सं.२०७८ पुस १ बिहीवार

621 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना गर्ने र मत परिणाम आउने क्रम जारी छ ।

त्यसैगरी आज बिहान ८ बजेबाट महामन्त्री पदका लागि खसेको मतगणना गर्ने तयारी हुँदैछ ।

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि डा. शेखर कोइराला प्यानलबाट गगन थापा, मिनेन्द्र रिजाल, देउवा प्यानलबाट प्रकाशसरण महत, प्रदीप पौडेल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा तथा बिमलेन्द्र निधिको प्यानलबाट राजाराम कार्की महामन्त्रीको उम्मेदवार रहेका छन् ।

यसअघि सभापतिका लागि दुई चरणमा भएको निर्वाचनको मत परिणाम आइसकेको छ जसमा शेर बहादुर देउवाले डा. शेखर कोइरालालाई पछि पार्दै पार्टीको सभापतिमा पुनः निर्वाचित भएका छन् । उनलाई दोस्रो चरणको निर्वाचनमा नेताहरु विमलेन्द्र निधि र प्रकाशमान सिंहले साथ दिएका थिए ।

त्यसैगरी बिहीवार बिहान दुई उपसभापति पदमा कोइराला प्यानलबाट धनराज गुरुङ र देउवा प्यानलबाट पूर्ण बहादुर खड्का निर्वाचित भइसकेका छन् । निर्वाचनको मत परिणाम अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत ल्याएर उपसभापतिमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसको उपसभापति पदमा गुरुङ र खड्का विजयी

वि.सं.२०७८ पुस १ बिहीवार ०८:४४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...