back
CTIZAN AD

पार्टीभित्र देउवासँग प्रतिस्पर्धा मात्र होइन, अन्य प्रवृत्तिसँग पनि लडिरहेका थियौं–डा. शेखर कोइराला

वि.सं.२०७८ पुस २ शुक्रवार

615 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र शेर बहादुर देउवासँग प्रतिस्पर्धा मात्र नभएर अन्य प्रवृत्तिसँग लडिरहेको बताएका छन् ।

पार्टीको सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता डा. कोइरालाले निर्वाचनका क्रममा बर्तमान सभापति देउवासँग मात्र प्रतिस्पर्धा गरेको नभएर पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध पनि आफ्ुहरु लडिरहेको बताएका छन् ।

हामी लडिरहेका थियौ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध ।’ शुक्रवार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले भनेका छन् ।

१४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ् पार्टी सभापतिमा केही मतबाट पराजित भए पनि आफ्ना प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएको पनि उनले बताएका छन् । उनले पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि कांग्रेसप्रति आकर्षण तथा भरोसा र विश्वासको वृद्धि गराएको बताएका छन् ।

‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’ डा. कोइरालाले भनेका छन् ।

May be an image of text

May be an image of text

वि.सं.२०७८ पुस २ शुक्रवार १२:४० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...