back
CTIZAN AD

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०७८ पुस २ शुक्रवार

642 

shares

२ पुष । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व राज्यमन्त्री बलबहादुर महत, विशेष अतिथिको रूपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको बैंकले जानकारी दिएको छ ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा बोेल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंककोे सधै साथ रहने बताए ।

जुम्ला बासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उनीहरु सक्रिय रुपमा सहभागी मात्र नभई आफ्नो वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गरेको बताए । उनले कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेर समेत आएको देख्दा उत्साहित भएको बताए । शाक्यले सो क्षेत्रमा स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको र भेडाबाख्रा पालन त्यहाँका वासिन्दाको मूख्य व्यवसाय हुनसक्ने बताए ।

तालिममा सहभागी हुन ६३२ जनाले आवेदन दिएका थिए भने १९४ परिवारका सदस्यहरू सहभागी भएका थिए ।

वि.सं.२०७८ पुस २ शुक्रवार १२:३७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...