back
CTIZAN AD

रवीन्द्र मिश्रले चलाए कारबाहीको डण्डा : मिलनलाई स्पष्टीकरण, रञ्जु पदमुक्त

वि.सं.२०७८ पुस २ शुक्रवार

696 

shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पार्टीबाट हटाउने योजनासहित मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।

मिश्रले पुस ४ गतेसम्म स्पष्टीकरणका बुझाउन समय दिएका छन् ।

मिश्रले पाण्डे समूहकी नेतृ रञ्जु दर्शनालाई जिम्मेवारीबाट हटाउँदै कारबाही गरेका छन् । बागमती प्रदेशकी संयोजक रहेकी दर्शनालाई उनले उक्त जिम्मेवारीबाट हटाएका छन् ।

मिश्रले पाण्डे समूहका नेता तथा विवेकशील साझाको अन्तराष्ट्रिय समितिका संयोजक सुरेश भट्टलाई समेत जिम्मेवारीबाट हटाएका छन् । यस्तै पाण्डे समूहकै केशव दाहाललाई प्रशिक्षण विभागबाट हटाएका छन् ।

मिश्रले प्रदेश संसदीय दलका नेता रमेश पौडेललाई पनि फिर्ता बोलाउने तयारी गरेका छन् ।

मिश्रले नेताहरुको जिम्मेवारी खोसेसँगै रिक्त स्थानमा अन्यलाई नियुक्त गर्न तयारीसमेत गरेका छन् ।

वि.सं.२०७८ पुस २ शुक्रवार १६:०७ मा प्रकाशित

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...