काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ९ हजार १६ नमुना परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २७४ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ ।
त्यसैगरी आज निको भएका २७० जनासँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७० पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५,५२२ रहेको छ । ती मध्ये ५ हजार २४७ जना होम आइसोलेशनमा रहेका छन् भने २७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा १०४ र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हालसम्म २ करोड १४ लाख ४५ हजार १४५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड १९ लाख १३ हजार ८८६ जनाले पहिलो मात्रा र ९५ लाख ३१ हजार २५९ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
वि.सं.२०७८ पुस २ शुक्रवार १६:३२ मा प्रकाशित




























