back
CTIZAN AD

भोलीबाट १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

वि.सं.२०७८ पुस ३ शनिवार

843 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

मन्त्रालयले एक सूचना जारी गरेर बालबालिकाका लागि पुष ४ देखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्राको मोर्डना खोप लगाउने भएको हो ।

त्यसैगरी यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुका लागि फाइजर खोप सन्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप दिइने जानकारी दिएको छ । साथै बागमतीका ६ जिल्ला, कर्णालीको १ र सुदूरपश्चिमको १ गरेर ८ जिल्लामा पुष १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइने जनाइएको छ । मन्त्रालयका अनुसार बाँकी १२ जिल्लामा खोप अभियान पछि सन्चालन गरिने छ ।

No description available.

मन्त्रालयले उक्त खोप अभियान विद्यालयस्तरमा हुने भएकाले आफ्ना बालबालिकालाई खोप लगाउने दिन र समयका बारेमा केही जिज्ञासा भएमा विद्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

यी हुन् मोर्डना खोप लगाइने ५७ जिल्ला
मन्त्रालयद्धारा जारी तालिका अनुसार प्रदेश १ को ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम पाँचथर, इलाम, उदयपुर गरी ११ जिल्ला ।

प्रदेश २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ५ जिल्ला ।

बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर गरी ७ जिल्ला ।

गण्डकी प्रदेशका गोरखा, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी ९ जिल्ला ।

लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया गरी ९ जिल्ला ।

कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी ९ जिल्ला ।

सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ्ग, दार्चुला, बैतडी, डोटी, अछाम र कन्चनपुर गरी ७ जिल्ला रहेका छन् ।

 

 

 

वि.सं.२०७८ पुस ३ शनिवार १७:३७ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...