back
CTIZAN AD

नेपालमा आज १८९ जनामा कोरोना संक्रमण, २५० जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ पुस ३ शनिवार

948 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९९७ नमुना परीक्षणमा १८९ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८९ जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ५३९ पुगेको छ ।

त्यसैगरी आज निको भएका २५० जनासँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७२ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५,४२८ रहेको छ । ती मध्ये ५ हजार २५६ जना होम आइसोलेशनमा रहेका छन् भने २६६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा १०६ र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड १५ लाख ५७ हजार ८३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड १९ लाख ७४ हजार ५८८ जनाले पहिलो मात्रा र ९५ लाख ८२ हजार ४९३ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

आज थपिए २७४ कोरोना संक्रमित, २७० जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ पुस ३ शनिवार १७:०४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...