back
CTIZAN AD

नुवाकोट बुद्धिजीवीको संयोजकमा बसुराम रिजाल निर्वाचित

वि.सं.२०७८ पुस ३ शनिवार

762 

shares

नुवाकोट ।बागमती प्रदेश नुवाकोट जिल्लाको विदुरमा आयोजित बुद्धिजीवीहरुको भेलाले बसुराम रिजाललाई संयोजकमा चयन गर्दै नेपाल बुद्धिजीवी संगठन नुवाकोट समन्वय समिति गठन गरेको छ ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सहसंयोजक नीलकन्ठ तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले बसुराम रिजाल अध्यक्ष र मिन कुमार केसी सचिव रहेको ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

नेकपा माओवादी केन्द्रको प्रमुख जनवर्गिय संगठनका रुपमा रहेको नेपाल बुद्धिजीवी संगठनको सो भेला उदु्घाटन गर्दै प्रमुख अतिथि तिवारीले जनयुद्धको महत्वपूर्ण आधार क्षेत्र रहेको नुवाकोटका बुद्धिजीवीहरुले गणतन्त्रसहित प्राप्त अधिकारको रक्षा र अग्रगामी यात्राका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनले पेशागत क्षेत्रमा रहेको उच्च बौद्धिक व्यक्तित्वहरुको संगठनले कम्युनिष्ट आन्दोलनलाई बलियो र आकर्षक बनाउने दावी समेत गरे ।

सो कार्यक्रममा विशिष्ठ अतिथि रहेका सो संगठनका बागमती प्रदेश इन्चार्ज भिमसेन गौतमले सैद्धान्तिक, बैचारिक र राजनैतिक धरातल निर्माण गर्न बुद्धिजीवीहरुको भूमिका बढेको बताए भने अर्का विशिष्ठ अतिथि नेकपा (माओवादी केन्द्र)ं वागमती प्रदेश सचिवालय सदस्य तथा नुवाकोटका नेता पुष्प लामिछाने ‘अरुण’ ले समाजमा स्थापित बौद्धिक व्यक्तित्वहरुको संगठनबाट निर्वाचन, आन्दोलन वा पार्टी निर्माणमा विशिष्ठ भूमिका रहने बताए ।

कार्यक्रममा बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य जयराम आचार्यले अध्ययन अनुसन्धान मार्फत् आन्दोलनलाई बलियो पार्ने कुरामा जोड दिए भने सुर्यगढी क्याम्पस प्रमुख शिव बहादुर भण्डारीले जनता र पार्टीविचको सम्बन्ध राम्रो बनाउन बौद्धिक अभियान सक्रिय बनाउने बताए ।

कार्यक्रममा मिन बहादुर केसी, इन्द्र बहादुर पंडित, मोतीराम न्यौपाने, प्रकाश रैला, बद्री प्याकुरेल लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

बसुराम रिजाल अध्यक्ष तथा मीन बहादुर केसी सचिव रहेको सो जिल्ला समितिमा मोतिराम न्यौपाने, इन्द्र पंडित, रामप्रसाद प्याकुरेल र रामप्रसाद खनाल विदुर नगरपालिकाबाट, धुव्र पुडासैनी, अर्जुन पुडासैनी र ज्वालामुखी लामिछाने बेलकोटगढी नगरपालिकाबाट, विम्वराज घिमीरे, भरत सिग्देल र जनकराज ढुंगाना, तारकेश्वर नगरपालिकाबाट, हरि बहादुर थापा र होम बहादुर डंगोल दुप्चेश्वर गाउँपालिकाबाट छन् भने, सुर्यगढी गाउँपालिकाबाट रामेश्वर खनाल बलराम अधिकारी, तादी गाउँपालिकाबाट कविराज लिम्बु, अर्जुन प्रसाद खनाल, लिखु गाउँपालिकाबाट कृष्ण बहादुर राई, मधु अधिकारी, पंचकन्या गाउँपालिकाबाट पुरुषोत्तम सुवेदी, रामप्रसाद लामिछाने, मेघाङ गाउँपालिकाबाट मरिचमान तामाङ तोयानाथ घले, ककनी गाउँपालिकाबाट नारायण प्रसाद फुयाँल, शिवपुरी गाउँपालिकाबाट महेन्द्र प्रसाद पाण्डे र महेश पाण्डे, किस्पाङ गाउँपालिकाबाट देवेन्द्र न्यौपाने तथा महिला सदस्यहरुमा सुनिता पंडित (पन्चकन्या), रमिला नेपाल (विदुर) र र्सिजना भण्डारी (तादी गाउँपालिका) रहेका छन् ।

सम्मेलन आयोजक समितिका संयोजक बसुराम रिजालका अनुसार आगामी माघ मसान्तभित्र सबै पालिकाको कमिटी पूर्ण बनाइ भव्यतापूर्वक जिल्ला सम्मेलन सम्पन्न गरिनेछ ।

वि.सं.२०७८ पुस ३ शनिवार १०:३० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...