back

जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा पोखरेल

वि.सं.२०७८ पुस ४ आइतवार

1.2K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा मातृका पोखरेल चयन भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय सम्मेलनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।

वरिष्ठ प्रगतिवादी साहित्यकारको पहिचान बनाएका पोखरेल प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष पनि हुन् ।

सम्मेलनले १० उपाध्यक्षमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवरलाई चयन गरेको छ । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।

महासंघकाे कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।

सम्मेलनले १३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने चयन गर्न बाँकी छ । महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ ।

वि.सं.२०७८ पुस ४ आइतवार १४:५३ मा प्रकाशित

Himalayan Life AD
शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं...

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद...