back
CTIZAN AD

एनआईसी एशिया बैंकद्धारा भलिबल टोलीलाई खेल पेशाक हस्तान्तरण

वि.सं.२०७८ पुस ४ आइतवार

810 

shares

४ पुष, काठमाडौँ । बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथली स्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोसन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही,पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोशाक हस्तान्तरण गरेका थिए ।

नेपालको नेतृत्व गदै बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना ब्यक्त गदै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने– खेलाडी प्रशिक्षक तथा सहभागि टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्भ महसुस गरेका छौं । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हउसबाट योगदान दिन हुन पनि अनुरोध गर्दछु ।

सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चाँसोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार ब्यक्त गदै आगमि दिनमा पनि एनआईसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास ब्यक्त गरे । बिदाई तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी,बैंकका सहायक महाप्रबन्धक नेपाल भलिबल संघका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।

बैंकले महिला तथा पुरुष टिमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुता,स्पोर्टस् ब्याग,निक्याप र मोजा उपलब्ध गराएको थियो ।

वि.सं.२०७८ पुस ४ आइतवार १५:५८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...