काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या बढाउने भएको छ । पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनबाट माओवादी केन्द्रले पदाधिकारीको संख्या बढाउने तयारी गरेको हो ।
बताइएअनुसार विधान संशोधन गरेर ५ सदस्यीय पदाधिकारीलाई १५ सदस्यीयसम्म बनाउने तयारी गरिएको हो । हाल माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी मात्रै ५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।
नेता गणेश शाहका अनुसार पदाधिकारी संख्या थप्नेबारे सामान्य खाका बनिसकेको छ । तर, कुन–कुन पद बनाउने भन्नेबारे भने तय भइनसकेको उनले जनाए ।
यसअघि माओवादीले विधान संशोधन गरेर प्रदेशमा ९ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको थियो । प्रदेशमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन उपसचिव, एक कोषाध्यष रहेका छन् ।
वि.सं.२०७८ पुस ४ आइतवार १६:५० मा प्रकाशित




























