back
CTIZAN AD

माओवादीमा पनि चुनावी प्रक्रियाबाट नेतृत्व, प्रदेश १ र बागमतीमा नेतृत्व छान्न निर्वाचन हुने

वि.सं.२०७८ पुस ५ सोमवार

711 

shares

काठमाडौं । सहमतिबाट नेतृत्व चयन गर्न गरिएको प्रयास असफल भएसँगै नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ र बागमती प्रदेशको नेतृत्व चुनावी प्रक्रियाबाट चयन गर्ने भएको छ । प्रदेश कमिटी र केन्द्रको निर्देशन पनि लागु हुने अवस्था नभएपछि दुई प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।

सहमति नबसेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रक्रिया थाल्न निर्देशन दिइसकेका छन् । दुवै प्रदेशमा आगामी साताभित्रै चुनाव प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ ।

प्रदेश १ र बागमतीमा आन्तरिक सहमति हुन नसक्दा अध्यक्षसहितका पदाधिकारीको टुंगो लाग्न सकेको छैन् । दुवै प्रदेशमा नेतृत्वका लागि आकांक्षीहरुको संख्या धेरै देखिएका छन् ।

माओवादी केन्द्रको प्रदेश १ मा अध्यक्ष पदका लागि मात्रै ६ जनाले दाबी पेश गरेका छन् भने बागमती पनि ४ जनाले दाबी पेस गरेका छन् । प्रदेश १ मा नेताहरु हर्कबहादुर लावती, शिवकुमार डाँगी, हेम कार्कीलगायतले पार्टी अध्यक्षको दाबी गरेका छन्भने बागमतिमा अध्यक्षको दौडमा दीनानाथ गौतम, सरल सहयात्री, डीपी ढकाललगायतका नेताहरु छन् ।

पछिल्लो समय प्रदेश प्रमुख बनेसँगै आगामी समय मुख्यमन्त्रीको स्वतः दाबेदार बन्न पाइने मनोविज्ञानका कारण नेताहरु प्रदेश अध्यक्षका लागि हानथापमा देखिएका हुन् । बताइएअनुसार केन्द्रभित्र देखिएको गुटहरुको प्रभाव पनि प्रदेशमा पर्दा नेतृत्व चयनमा सकस देखिन थालेको छ ।

वि.सं.२०७८ पुस ५ सोमवार ११:३० मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...