back
CTIZAN AD

खेलाडीको कारबाहीमा सिप्यानको आपत्ति

वि.सं.२०७८ पुस ५ सोमवार

711 

shares

५ पुष, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको छ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो ।

क्रिकेट खेलाडीको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको स्मरण गराउँदै सिप्यानले खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी सिप्यानले क्रिकेट खेलाडीको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत, त्रुटिरहित, तथ्यपरक र वैज्ञानिक बनाइनुपर्ने मागसमेत गरेको छ । क्यान र खेलाडीको बीचमा रहेको यस विषयसँग सम्बन्धित तीक्तता मेटाई खेलाडीको मनोबल उच्च बनाउनाका साथै नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ पुस ५ सोमवार १६:५२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...