नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पार्टीको आगामी नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आगामी नयाँ नेतृत्वमा थुप्रै मिश्रित र आशालाग्दा अनुहार आएका छन् ।
नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिलाई अंगिकार गर्दै पहिलो पटक स्थानीय निकाय र प्रदेशमा समेत निर्वाचन पद्धपतिबाट नेतृत्व चयन गरेकोमा खुसी व्यक्त गरिएको छ । साथै १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा आएका आशा लाग्दा अनुहारले अब नेपाली कांग्रेसमा एउटा नयाँ आशा संचार भएकोसमेत विश्लेषण गर्न थालिएको छ ।
नेपाली कांग्रेसभित्रका महिला नेतृहरु पुरुष नेताहरुको आर्शिवाद, टिका र सहयोग लिएर मात्र अगाडि बढ्न सक्छन् भन्ने आरोपहरु उनीहरुमाथि लाग्दै आएको र अहिले ती भेट्रान महिलाहरु खुला केन्द्रीय सदस्यमा पुरुषको दाँजोमा उम्मेदवारी नदिएको देख्दा कतै कांग्रेसभित्र महिलाहरुको हिम्मतलाई अझै पनि ढुलमुले पाराले हेरिएको त होइन, उनीहरुले नेतृत्व गर्न सक्तैनन् भन्ने त होइन् वा उनीहरुले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नै सक्दैनन् भन्ने परम्परावादी सोचका कारण त होइन भन्ने प्रश्न उब्जिएका छन् ।
निर्वाचनमा उमेर पुगेका नेताहरु मात्र पद हत्याउनका लागि लालायित रहेका बेला महामन्त्री पदमा विश्वप्रकाश शर्मा र गगन थापा आउँदा त्यसको सबैतिर चर्चा चलेको छ । अब महामन्त्रीद्धयले भाषणमा मात्र नभएर पार्टीलाई २१ औं शताब्दीको विश्वअनुसार हिँडाउनुपर्ने भन्दै त्यो उनीहरुका लागि चुनौतीका रुपमा समेत लिइएको छ । कतिपय विश्लेषकले पार्टीमा नयाँ नेतृत्व आउँदैमा त्यसले सिंगो पार्टी तथा देशमा असर पार्न नसक्ने बताउँछन् । विश्लेषक पुनरन्जन आचार्य भन्छन्– नयाँ अनुहार आएर मात्र हुँदैन उनीहरुका कारण निर्वाचनसम्म देशैभरी कस्तो असर पार्छ भन्ने हो । तर, त्यसमा देउवाकै कारण आगामी निर्वाचनमा पनि देउवा नै शक्तिसाली हुने पुनः एकपटक उनी नै प्रधानमन्त्री बन्न सक्छन् ।
केन्द्रीय खुला सदस्यमा किन दिएनन् उम्मेदवारी ?
नेपाली कांग्रेसभित्र पार्टीका लागि धेरै योगदान गरेका महिला नेतृत्वको कमी छैन । नेपाली कांग्रेसभित्र डा. डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, उमा अधिकारी, किरण यादव, सरिता प्रसाईँलगायतका महिला नेतृहरुको कमी छैन् तर, यतिबेला कांग्रेसभित्र मात्र नभएर अन्य पार्टीमा पनि कांग्रेसको खुला केन्द्रीय सदस्यमा महिला नेतृहरुले उम्मेदवारी दिने हिम्मत किन गरेनन् ? भन्ने प्रश्न उठेको छ ।
नेपाली कांग्रेसको विभिन्न पदमा देखिएका नयाँ अनुहारमध्ये डिला, पुष्पालगायतका महिला नेतृहरु किन अटाउन सकेनन् ? उनीहरु खुला महिला सदस्यबाट मात्रै उम्मेदवारी दिने क्षमताका थिए ? उनीहरुले छाति ठोकेर म जित हार जे परिणाम आएपनि सहन्छु तर, चुनावी मैदानबाट पछि हट्दिन भन्ने आँट र हिम्मत किन गर्न सकेनन् ? भन्ने प्रश्नहरु यत्रतत्र उठिरहेका छन् ।
राजनीति सहानुभूति जगाउने ठाउँ पनि नभएको कारण महिला नेतृहरुले स्वविवेकले आँट गर्नुपथ्र्यो । तर, भेट्रान मानिएका नेतृहरुबाटै आँट देखाउने काम भएन । जसलाई सहानुभूतिको नजरबाट हेर्न आवश्यक पनि देखिन्न ।
नेपाली कांग्रेसभित्रका महिला नेतृहरु पुरुष नेताहरुको आर्शिवाद, टिका र सहयोग लिएर मात्र अगाडि बढ्न सक्छन् भन्ने आरोपहरु उनीहरुमाथि लाग्दै आएको र अहिले ती भेट्रान महिलाहरु खुला केन्द्रीय सदस्यमा पुरुषको दाँजोमा उम्मेदवारी नदिएको देख्दा कतै कांग्रेसभित्र महिलाहरुको हिम्मतलाई अझै पनि ढुलमुले पाराले हेरिएको त होइन, उनीहरुले नेतृत्व गर्न सक्तैनन् भन्ने त होइन् वा उनीहरुले चुनावी मैदानमा प्रतिस्पर्धा गर्नै सक्दैनन् भन्ने परम्परावादी सोचका कारण त होइन भन्ने प्रश्न उब्जिएका छन् । हुन पनि ३५ केन्द्रीय सदस्यका लागि ९९ जना पुरुषले उम्मेदवारी दिँदा एकजना पनि महिलाले त्यस्तो हिम्मत नगर्नु बिडम्वनापूर्ण र नेपालीको पहिलो प्रजातान्त्रिक दल नेपाली कांग्रेस महिलाको विषयमा गणतान्त्रिक, लोकतान्त्रिक त के प्रजातान्त्रिक बन्नसमेत नसकेको हो कि भन्ने प्रश्न उब्जिएका छन् ।
कांग्रेस न कम्युनिष्ट जुनसुकै पार्टीमा पनि महिलाहरुले त्यो हिम्मत गर्न नसकेको देखिन्छ । केही अपवाद बाहेक महिलाहरु आफुहरुबीच एकजुट हुन नसक्नु, आफ्नो अस्तित्व नबुझ्नु र हामी पनि नेतृत्व दिन सक्छौ भनेर अडान राख्न नसक्नुलगायतका थुप्रै समस्या महिला नेतृहरुमा रहेको देखिन्छ । राजनीति सहानुभूति जगाउने ठाउँ पनि नभएको कारण महिला नेतृहरुले स्वविवेकले आँट गर्नुपथ्र्यो । तर, भेट्रान मानिएका नेतृहरुबाटै आँट देखाउने काम भएन । जसलाई सहानुभूतिको नजरबाट हेर्न आवश्यक पनि देखिन्न ।
वि.सं.२०७८ पुस ५ सोमवार १७:०६ मा प्रकाशित




























