काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशको उपाध्यक्षमा द्रोण सिवाकोटीले दाबेदारी प्रस्तुत गरेका छन् । दुई उपाध्यक्षको पदमा सिवाकोटीले दाबेदारी प्रस्तुत गरेका हुन् ।
झण्डै तीन दशक कम्युनिष्ट आन्दोलनको अनुभव बोकेका सिवोकोटी चितवनभित्रका प्रभावशाली नेता मध्येमा मानिन्छन् । सिवाकोटीको दाबेदारीलाई बलियो सम्भावनाको रुपमा हेरिएको छ ।
बागमती प्रदेशमा पदाधिकारी चयनमा सहमति नजुटेसँगै माओवादी केन्द्रले निर्वाचनको प्रक्रिया अबलम्बन गरेको छ । प्रदेशमा सोमबार साँझ ५ः५५ देखि मतदान हुँदैछ ।
अध्यक्षसहित नौ पदमा हुँदै गरेको निर्वाचनमा २७५ जनाले मतदान गर्नेछन् ।
वि.सं.२०७८ पुस ५ सोमवार १७:४१ मा प्रकाशित





























