back
CTIZAN AD

नेपाली कांग्रेसको प्रदेश २ को अधिबेशन आजदेखि, को–को छन् त नेतृत्वका आकांक्षी ?

वि.सं.२०७८ पुस ६ मंगलवार

687 

shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को सम्मेलन आजदेखि हुने भएको छ ।

केन्द्रमा १४ औं महाधिबेशन सम्पन्न गरेर नेतृत्व समेत निर्वाचित गरिसकेको अवस्थामा विभिन्न विवादका कारण रोकिएको प्रदेश २ को अधिबेशन आज सम्पन्न हुने भएको हो । कांग्रेसले प्रदेश २ का रोकिएका आठ जिल्लाको अधिबेशन समेत गर्ने निर्णय गरेको छ ।

अधिेबशेनले प्रदेशको नेतृत्वमा सभापति, उपसभापति र महामन्त्री÷१÷१ जना, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु निर्वाचित गर्नेछ ।

चुनावी कार्यतालिका अनुसार आज (मंगलवार) उम्मेदवार मनोनयन दर्ता र बुधवार हुने निर्वाचन हुने बताइएको छ । नेपाली कांग्रेस प्रदेश २ निर्वाचन समितिका अनुसार हालसम्म सभापतिमा रामसरोज यादव, नरेश यादव र कृष्ण यादव गरी ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तीन उम्मेदवार मध्ये नरेश नेता शेखर कोइराला, रामसरोज यादव विमलेन्द्र निधी र कृष्णा सभापति शेर बहादुर देउवा निकट रहेको बताइएको छ ।

क्रियाशील सदस्यता विवाद र समयमै अधिवेशनहरू नहुँदा प्रदेश २ मा केन्द्रीय महाधिवेशनपछि अधिवेशनहरू हुन लागेका छन् । प्रदेश अधिबेशनमा १ हजार ९८० जना मतदाताले मत हाल्ने बताइएको छ ।

नेपाली कांग्रेसले यसअघि ६ वटा प्रदेशमा अधिबेशन सम्पन्न र गरिसकेको कांग्रेसले प्रदेश २ मा क्रियाशील सदस्यता लगायतका विवाद रहेका कारण अधिबेशन गर्न सकेको थिएन ।

नेपाली कांग्रेसको यसअघि भएको ६ वटा प्रदेश अधिबेशनले प्रदेश १ मा उद्धव थापा, बागमती प्रदेशमा इन्द्र बाँनिया, लुम्बिनी प्रदेशमा अमर सिंह पुन, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, कर्णाली प्रदेशमा ललितजंग शाही, र सुदूरपश्चिम प्रदेशमा बीर बहादुर बलाएरलाई प्रदेश सभापतिमा निर्वाचित गरिसकेको छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार ०९:३९ मा प्रकाशित

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...