Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

किसानलाई कुटानीपिसानी मेसिन



तनहुँ । म्याग्दे गाउँपालिकाले किसानलाई अनुदानमा कुटानीपिसानी मेसिन वितरण गरेको छ । रु ३८ हजार मूल्य पर्ने उक्त मेसिन किसानलाई रु १९ हजारमा उपलब्ध गराइएको हो ।

किसानको मागअनुरुप १७ वटा मेसिन खरिद गरी किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए ।

गाउँपालिकाले समूह बनेर आएका किसानलाई प्राथमिकता दिई वितरण गरिएको र केही व्यक्तिलाई पनि वितरण गरिएको उनले बताए । उनले गाउँका केही स्थानमा मेसिन हुँदा लामो दूरी जानुपर्ने समस्याको अन्त्य भएको जानकारी दिए ।

अलिकति धान कुट्न वा अन्य कुटानीपिसानीका काम गर्नको लागि घरको अन्य काम धन्दा छोडेर लामो समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । मेसिन पाएपछि किसान खुशी भएका छन् ।

मेसिनबाट धान कुट्न, पिठो पिस्न, मकै, कोदो, गहुँ, फापर पिस्नलगायतका बस्तु कुटानीपिसानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा