back
CTIZAN AD

किसानलाई कुटानीपिसानी मेसिन

वि.सं.२०७८ पुस ६ मंगलवार

1.2K 

shares

तनहुँ । म्याग्दे गाउँपालिकाले किसानलाई अनुदानमा कुटानीपिसानी मेसिन वितरण गरेको छ । रु ३८ हजार मूल्य पर्ने उक्त मेसिन किसानलाई रु १९ हजारमा उपलब्ध गराइएको हो ।

किसानको मागअनुरुप १७ वटा मेसिन खरिद गरी किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए ।

गाउँपालिकाले समूह बनेर आएका किसानलाई प्राथमिकता दिई वितरण गरिएको र केही व्यक्तिलाई पनि वितरण गरिएको उनले बताए । उनले गाउँका केही स्थानमा मेसिन हुँदा लामो दूरी जानुपर्ने समस्याको अन्त्य भएको जानकारी दिए ।

अलिकति धान कुट्न वा अन्य कुटानीपिसानीका काम गर्नको लागि घरको अन्य काम धन्दा छोडेर लामो समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । मेसिन पाएपछि किसान खुशी भएका छन् ।

मेसिनबाट धान कुट्न, पिठो पिस्न, मकै, कोदो, गहुँ, फापर पिस्नलगायतका बस्तु कुटानीपिसानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताए ।
रासस

वि.सं.२०७८ पुस ६ मंगलवार १६:३८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...