काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ८९ नमुना परीक्षणम २९० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २९० जनासँगै नेपालमा एन्टिजेन र पिसीआर दुवै विधिबाट गरिएको नमुना परीक्षणमा संक्रमित हुनेको संख्या ९ लाख २२ हजार १० पुगेको छ ।
त्यसैगरी आज निको भएका २३२ जनासँगै हालसम्म निको हुनेको संख्या ८ लाख ९ हजार ३८७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५७७ पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५,२४२ रहेको छ । ती मध्ये ४ हजार ९९३ जना होम आइसोलेशनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ९५ र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ८१४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हालसम्म २ करोड १९ लाख ८८ हजार ५१६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड २२ लाख ५१ हजार १८३ जनाले पहिलो मात्रा र ९७ लाख ३७ हजार ३३३ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
वि.सं.२०७८ पुस ६ मंगलवार १६:३२ मा प्रकाशित






























