back
CTIZAN AD

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति

वि.सं.२०७८ पुस ६ मंगलवार

711 

shares

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ छन् ।

गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

यसैबीच, आयोगले २०७३ माघ २० गतेभन्दा अघि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने उल्लेख गरेको छ ।

त्यस्ता व्यक्तिको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगानामा भएको स्थानीय तहको वडामा सार्ने सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

वि.सं.२०७८ पुस ६ मंगलवार १९:४६ मा प्रकाशित

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...