back
CTIZAN AD

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

वि.सं.२०७८ पुस ७ बुधवार

720 

shares

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्वको टुङ्गो लगाउने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाइ उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

 

वि.सं.२०७८ पुस ७ बुधवार ०९:१० मा प्रकाशित

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...