काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी यसैसाता भित्र अनुमोदन गनुपर्ने भन्दै ताकेता गर्न थालेपछि सत्ता गठबन्धनभित्रका नेकपा (माओवादी केन्द्र) र एकिकृत ( समाजवादी) पार्टी अप्ठेरोमा परेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट सभापतिमा निर्वाचित भएसँगै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनमा हतारो देखाएका छन् ।
बालुवाटार स्रोतलाई उद्धृत गर्दै मंगलवारको कान्तिपुर दैनिकले देउवाको यस्तो प्रस्तावबाट सत्ता गठबन्धनभित्रका नेकपा (माओवादी केन्द) र एकिकृत ( समाजवादी) पार्टी अप्ठेरोमा परेको जनाएको छ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियहित विपरित रहेकोले यथास्थितिमा पारित नगर्न दवाव दिइरहेका छन् ।
एमसीसी अगाडि बढाउँदा पार्टीभित्र अप्ठेरो पर्ने, अघि नबढाउँदा सत्ता गठबन्धन दलको भविष्य नै के हुने भन्ने चिन्ता मुख्यरुपमा यी दुई दलमा देखिएको छ ।
आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्तुतिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल शसंकित भएको एक नेताले बताए । बैठकमा अध्यक्ष दाहालले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलन अगावै एमसीसीको विषयलाई छलफलमा नल्याउन आग्रह गर्दा देउवाले तत्काल अगाडि बढाइहाल्नुपर्ने अडान राखेका थिए ।
वि.सं.२०७८ पुस ७ बुधवार ०९:२६ मा प्रकाशित




























