back
CTIZAN AD

महासङ्घमा काठमाडौँमा तालाबन्दी

वि.सं.२०७३ फागुन २४ मंगलवार

714 

shares

२४ फागुन,काठमाडौँ  । व्यक्ति केन्द्रित निर्णय गरी महासङ्घलाई राजनीतिक रुपमा स्थापित गर्न लागेको भन्दै पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा आज ताला लगाइएको छ ।

महासङ्घले सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै आज ताला लगाएको प्रेस चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रेस युनियन, प्रेस चौतारी, नेपाल प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार सङ्गठन, मिडिया नेपालले संयुक्त रुपमा सहमति जनाउँदै ताला लगाएका हुन् ।

व्यक्तिगत स्वार्थका लागि विभिन्न बहानामा यसरी सदस्यता स्थानान्तरण प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै ताला लगाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०७३ माघ १५ पछि विभिन्न रुपमा भएको सबै सदस्यता स्थानान्तरण तत्काल रद्द गर्न पनि माग गरिएको छ । रासस

वि.सं.२०७३ फागुन २४ मंगलवार १४:२२ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...