Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

महासङ्घमा काठमाडौँमा तालाबन्दी



२४ फागुन,काठमाडौँ  । व्यक्ति केन्द्रित निर्णय गरी महासङ्घलाई राजनीतिक रुपमा स्थापित गर्न लागेको भन्दै पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा आज ताला लगाइएको छ ।

महासङ्घले सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै आज ताला लगाएको प्रेस चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रेस युनियन, प्रेस चौतारी, नेपाल प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार सङ्गठन, मिडिया नेपालले संयुक्त रुपमा सहमति जनाउँदै ताला लगाएका हुन् ।

व्यक्तिगत स्वार्थका लागि विभिन्न बहानामा यसरी सदस्यता स्थानान्तरण प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै ताला लगाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०७३ माघ १५ पछि विभिन्न रुपमा भएको सबै सदस्यता स्थानान्तरण तत्काल रद्द गर्न पनि माग गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम