
राष्ट्रिय एकता संवृध्दि र स्वाभिमान संविधान को कार्यान्वयन हाम्रो अभियान भेन्ने नाराका साथ प्रवासी नेपाली मञ्च अोमानले नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलको प्रमूख अातिथ्यतामा हिजो २४ फेव्रुअरी शुक्रबारको दिन होटल पार्कवे रूवी मस्कटमा एक दिने प्रशिक्षण र अन्तरकृया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सयौं कार्यकर्ताहरू माझ देशको बर्तमान स्थिती र नेकपा एमालेले यस विषयमा लिंदै अाएको अडान लगाएत विविध विषयलाई केन्द्रविन्दु बनाएर प्रमुख अतिथि एवं प्रशिक्षक कमरेड रावलले प्रष्टका साथ सहभागी सबैलाई प्रशिक्षित गराउनु भएको छ ।
कार्यक्रमको अवसरमा नेकपा एमालेले मात्र देश र जनताको हितमा काम गरिराखेको, स्वाभिमान र नेपाल समृध्दीको लागि सम्पूर्ण नेपालीलाई एकता वध्द रूपमा अगाडी बढाउन ठूलै भूमिका खेल्ने गरेको अाफूले पाएको भन्दै झण्डै तीन दर्जन यूवाहरू विभिन्न पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरूमा, विपिन गौतम (मोरङ), दीपक जिसी(कास्की), सन्तमान विक(तनहु), मनिष रेग्मी मगर(सोलुखुम्वु), कृष्ण भुषाल(रूपन्देही), भरत कुमार राई (काठमाण्डौ), चुडामणी गौतम(पाल्पा), वोधराज पौडेल(चितवन), जीतबहादुर चौधरी(रूपन्देही), शिव प्रसाद गैरे(पाल्पा), राजु अधिकारी(पाल्पा), नेत्र गुरूङ्ग(अर्घाखाँची), कविराज भट्टराई(मोरङ), दुर्गा घर्ती मगर(अर्घाखाँची), माधवराज काफ्ले(काभ्रेपलाञ्चोक), योगेश अधिकारी(झापा), ईन्दिरा डाँगी(दाङ), निर्मला काफ्ले(काभ्रेपलाञ्चोक), दशरथ काफ्ले(नवलपरासी), झलक प्रसाद ढकाल(गोर्खा), रविकुमार तमाङ्ग(नुवाकोट), यतिराम चौधरी(चितवन), यूगेश वानु राई(मोरङ), दुर्गा प्रसाद ढकाल(गुल्मी), र सञ्झना के.सी.(रामेछाप) रहेका छन् । नव प्रवेशिका सबै कमरेडहरूलाई उक्त कार्यक्रममा प्रमूख अतिथि समेत रहनु भएका नेकपा एमालेका उपाध्यक्ष क. भीम रावलले टिका तथा खादा लगाई सपथ ग्रहण गराउनु भएको थियो ।
यसैगरि प्रशिक्षण पश्चात सोही हलमा अोमानमा कृयाशिल विभिन्न संघ संस्थाहरू पत्रकार र बुध्दीजीवीहरूको उपस्थितिमा एक अन्तरकृया कार्यक्रम पनि मञ्चले सम्पन्न गरेको छ । प्रवासी नेपाली मञ्च अोमानका अध्यक्ष क. गगन कार्कीको अध्यक्षतामा र महा सचिव सोमकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सम्माननीय सांसद अर्थात भूपु उप प्रधानमन्त्री रक्षा मन्त्री एवं गृह मन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष क. भीम रावलको प्रमुख अातिथ्यता र नेपाली राजदुतावासका कार्यवाहक राजुदुत एवं मिसन ईन्चार्ज रोजीना ताम्रकारको विशेष अातिथ्यता रहेको थियो भने अतिथीहरू अोमान नेपाली एकता समाजका सदस्य तुलसी राम खनाल, नेपाली जन प्रगतीशिल मञ्च अोमानका सदस्य भानु प्रसाद बजगाँइ, नेपाली जन सम्पर्क समिती अोमानका सभापति फर्सुराम पोखरेल, गैर अावासीय नेपाली संघ अोमानका अध्यक्ष दीपक श्रेष्ठ, नेपाली समाज अोमानका सचिब भरत जंग राई, तमाङ्ग समाज अोमानका अध्यक्ष राम तमाङ्ग, तमु समाज अोमानका सल्लाहकार मधु गुरूङ्ग, नेपाली महिला समूह अोमानका अध्यक्ष पार्वती श्रेष्ठ, वुध्द भिजन अोमानका अोमकार तमाङ्ग, नेपाल मगर संघ अोमानका सचिव सुशिल पुन मगर, दलित एकता सञ्जाल अोमानका महासचिव उमेश विक, अन्तर्राष्ट्रिय साहित्य समाज अोमानका सदस्य मुना नेपाल श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव तथा बैचारिक संयन्त्र अोमानका संयोजक शोभाकान्त लामिछाने, गैर अावासीय नेपाली संघ मध्यपूर्व संयोजक डिवी क्षेत्री, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका सल्लाहकार डिल्ली राम पाण्डे र प्रवास खबर डट कम का संपादक एवं पत्रकार बसन्त नेपाल रहेका थिए । उक्त कार्यक्रममा सहभागी हुने सबै संघ सस्थाका प्रति निधीहरूले प्रवासका समस्या तथा वर्तमान राजनितिक परिवेशको पेरिफेरीमा रहेर केहि जिज्ञासा र केही सुझावहरू प्रमुख अतिथि माझ प्रस्तुत गरेका थिए ।
नेकपा एमालेले स्वाभिमान एकता र समृध्दीको लागी जुन सुकै मुल्य चुकाउनु परे पनि यो अडानमा पछि हट्ने छैनौ भन्ने प्रतिवध्दता सहित देशमा भई रहेको विभिन्न मुद्दाहरूमा नेकपा एमालेको भूमीका र पहलहरूको बारेमा प्रशिक्षनात्मक भनाई प्रमूख अतिथी क. रावलले राख्नु भएको थियो । यसै गरी विशेष अतिथीका रूपमा रहनु भएका का.वा. राज दुत रोजीना ताम्रकारले देशका शिर्ष व्यक्तित्वलाई प्रवासमा ल्याएर सबै प्रवासी नेपालीहरू वीच जिज्ञासा तथा सुझावहरू राख्ने अवसर प्रदान गराएको भन्दै अायोजक अर्थात मञ्चलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा निम्तो स्वीकारेर अाउनु हुने प्रमुख अतिथि, विशेष अतिथी, अतिथी वर्ग र प्रवासी नेपाली दाजूभाई तथा दिदीबहिनीहरूलाई विशेष धन्यवाद दिँदै अध्यक्ष क. गगन कार्कीले कार्यक्रम समापन गर्नुभएको थियो ।