८ पुष, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो ३७ औँ वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७८ पुस ९ शुक्रवार ११:१७ मा प्रकाशित




























