back
CTIZAN AD

पुस अन्तिम साता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

वि.सं.२०७८ पुस ९ शुक्रवार

645 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । पुस २६ देखि २८ सम्म हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।

उक्त सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । गुजरात भारतीय प्रधानमन्त्री मोदीको गृहप्रदेश समेत हो। मोदी गुजरातको मुख्यमन्त्री भएका बेलादेखि नै उक्त सम्मेलन आयोजना गर्न थालिएको थियो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतको तर्फबाट देउवाको भ्रमणका लागि प्रस्ताव आएको र नेपाली पक्ष सकारात्मक देखिएको छ । प्रधानमन्त्री देउवाले पनि परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारीबारे गृहकार्य गर्न निर्देशन दिइसकेका छन् ।

गत असारमा पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो दोस्रो विदेश भ्रमण हो । देउवा यसअघि बेलायतको ग्लास्गो सहरमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गएका थिए ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १७:२६ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...