back
CTIZAN AD

दुई महिला र एक पुरुष गरी तीनजनाको शव फेला

वि.सं.२०७८ पुस ९ शुक्रवार

678 

shares

वाग्मती । मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा वस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ वस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकरी दिए ।
उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटाँैडा अस्पतालमा पठाइएको छ ।

मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको छ । स्थानीयवासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाएको जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन् । रासस

 

वि.सं.२०७८ पुस ९ शुक्रवार १८:१८ मा प्रकाशित

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...