back
CTIZAN AD

कास्कीमा सुन्तला : कतै लहर कतै रहर

वि.सं.२०७८ पुस ९ शुक्रवार

654 

shares

हरि बाँस्तोला, गण्डकी । दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ ।

सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण अधिकांश स्थानमा सुन्तला सखाव भए पनि पोखरा महानगरपालिका– २१ फेदीपाटनमा भने केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको यहाँका कृषक बताउँछन् । यस वर्षमा सो क्षेत्रमा सुन्तला बिक्रीबाट कृषकले २२ लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका छन् ।

पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानको प्रभावकारीतासँगै बोटको आयु बढ्नु र सुन्तला उत्पादनमा समेत वृद्धि भएको फेदीपाटनका कृषक प्रकाश पौडेल जानकारी दिए ।

उनका अनुसार अभियानले कृषकमा उत्साह थपे पनि सुन्तलाको फूल खेल्ने र फल लाग्ने समयमा बारम्बार पर्ने असिनाले प्रत्येक वर्ष पु¥याउँदै आएको क्षतिका कारण यस क्षेत्रका कृषक अहिले पनि चिन्तित छन् ।

उनले भने, “बुबाको पालामा सुरु गरेको ४० रोपनी भिरोलो पाखो जग्गामा अहिले लगभग ६०० सुन्तलाका बोट छन् । धेरैले उत्पादन दिँदै आएका छन् यस वर्ष सुन्तला बिक्रीबाट सात लाख ३० हजार आम्दानी भएको छ ।” “उत्पादित सुन्तला बिक्री हुँदै न कि भन्नु पर्दैन टेकेदार बगँैचामै आएर टिपेर लैजाने गरेका छन”, उनले भने, “फागुन र चैत महिनामा परेको असिनाले सुन्तलामा ठूलो क्षति पुगेका कारण कम आम्दानी भएको हो प्राकृतिक प्रकोप नपरेको भए यस वर्ष त्यसको दोब्बर आम्दानी हुने थियो ।”

महानगरपालिकाले सुरु गरेको अभियानले सुन्तला कृषकलाई आशा जगाएको बताउँदै पौडेलले थपे, “अनुदानले बगँैचा व्यवस्थापनमा सहयोग पुगेको छ, अब असिनाबाट सुन्तलाको फल र बोट जोगाउन नेटको व्यवस्था गर्नुपर्ने अपरिहार्य भएको छ । सुन्तला बगैँचा सुदृढ र व्यवस्थापन गरेबापत उनले अभियानबाट गत आवमा ६० हजार २०० रुपैयाँ अनुदान प्राप्त गरेका थिए ।

स्थानीय अर्का कृषक नारायण पौडेलले यस वर्ष सुन्तला बिक्रीबाट दुई लाख ५० हजार आम्दानी गरेका छन् । उनले भने असिनाबाट बचेको सुन्तलाको दाना राम्रै थियो बोटबाटै बिक्री गर्दा दुई लाख ५० हजार आम्दानी भयो, असिनाले क्षति नपु¥याएको पाँच लाखभन्दा बढी पर्ने थियो । रोगसहित जङ्गली जनावरबाट ठूलै क्षति हुने गरेको उनको भनाई छ ।

सिक्टस ग्रिनिङलगायतका भाइरस एवं रोगका कारण सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएपछि व्यावसायिक सुन्तलाखेतीमा कृषकलाई प्रेरित गर्दै उनीहरुको आम्दानीमा समेत वृद्धि गर्ने लक्ष्यका साथ महानगरले प्रमुख प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो ।

किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत हालसम्म रु ४५ लाख अनुदान हस्तान्तरण गरेको छ भने यस आर्थिकका लागि रु २० लाख बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कँडरियाले जानकारी दिए ।

मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम प्रदान गर्दै आएको बताउँदै उहाँले घोषित पकेट क्षेत्रका २०४ बगैँचाका २० हजार बिरुवाले उत्पादन दिएको बताए ।

“अभियानले महानगरपालिका–२१ र २२ मा अभियान सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा २०४ कृषकलाई सुन्तला बगैँचामै पुगेर बोट सङ्ख्याका आधारमा रु १५ लाख अनुदान वितरण गरिएको हो ।”

महाशाखा प्रमुख कँडरियाले भने, “असिनाबाट क्षति कम गर्नका लागि सुन्तलाको बोट माथि नेट राख्नुको विकल्प छैन, एक रोपनी क्षेत्रफलमा नेट लगाउँदा २५ देखि ३० हजारसम्म खर्च लाग्दछ । उक्त प्रविधि भित्र्याउन महाशाखाले सोच बनाएको छ ।”

पाँच वर्षभन्दा माथिका प्रतिसुन्तलाका बोटलाई महाशाखाले रु १०० अनुदान दिँदै आएको छ, जसमा पाँच हजार अनुदान प्राप्त गर्ने कृषकबाट रु ४०० र त्योभन्दा माथिको हकमा रु ८०० कट्टा गरी उक्त रकमबाट सुन्तलाका नयाँ बिरुवा रोप्न कृषकलाई प्रेरित गर्दै आएको उनको भनाइ छ ।

वि.सं.२०७८ पुस ९ शुक्रवार १७:११ मा प्रकाशित

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती...

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...