back
CTIZAN AD

यी हुन् कांग्रेस चितवन सभापतिका ६ आकांक्षी

वि.सं.२०७८ पुस १४ बुधवार

765 

shares

चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषाल उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । जिल्लामा पूर्व संस्थापन समूहको प्रभाव बढी छ । अधिकांश सभापतिका उम्मेदवार पूर्व संस्थापन निकट मानिन्छन् ।

जिल्लामा वडा अधिबेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

उनका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । उनले पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको जानकारी दिए । जिल्ला समिति सभापतिसहित ५० जनाको हुने छ । जिल्लामा तीन क्षेत्र छ । देशमानै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पर्दछ । यसअघि अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन ।

यसै जिल्लाबाट नेपाली कांग्रेसको स्थापनापछि पहिलो पटक पाँच जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गरेका छन् । यसअघि जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन कोही सकेको थिएन ।
रासस

वि.सं.२०७८ पुस १४ बुधवार १६:०० मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...