back
CTIZAN AD

लिङ्देन र मिश्रबीच पार्टी एकताबारे औपचारिक रुपमै छलफल सुरु, कहिलेसम्म होला एकता ?

वि.सं.२०७८ पुस १६ शुक्रवार

573 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच पार्टी एकताको लागि औपचारिक रुपमै छलफल सुरु भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार पहिलो पटक पार्टी एकताबारे औपचारिक छलफल गरेका हुन् ।

छलफलको सकारात्मक सुरुवात भएको भन्दै निकट भविष्यमै सहकार्यको सम्भावना रहेको शुक्रबारको छलफलमा सहभागी राप्रपा नेता डा. धवलशमशेर राणाले बताए । पार्टीका एजेण्डा उस्तै–उस्तै भएको कारण एकता गरेर अगाडि बढ्दा समस्या नहुने निष्कर्ष दुवै पक्षको रहेको राणाले सञ्चार माध्यमलाई सुनाएका छन् ।

लिङ्देनसँगको छलफलबारे सामाजिक सञ्जालमार्फत मिश्रले पनि निकै आशाजनक संवाद भएको बताएका छन् । उनले लिङ्देनसँग ‘राजनीतिसँगै राजकाज संवाद’ भएको बताएका छन् ।

‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद १ आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु’, उनले फेसबुकमा लेखेका छन् ।

मिश्रले हालै ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याएका थिए । जसमा उनले गणतन्त्र, संघीयताको र हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । उनको दस्तावेजलाई विवेकशील साझाले पनि स्वीकार गरेको छ ।

मिश्रको दस्तावेज राप्रपाको नीतिसँग मिल्ने भएका कारण पनि दुवैलाई एकताबद्ध भएर अगाडि जान सहज देखिन्छ । दस्तावेज सार्वजनिक गरेसँगै मिश्रलाई यसअघि पनि अन्य दुई राजावादी समूहसँग एकता गरिसकेका छन् ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १४:१३ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...