back
CTIZAN AD

माओवादी महाधिवेशन : धेरै प्रतिनिधिको चिन्ता नेता बिग्रिए, सम्पत्ति छानबिन गरौं

वि.सं.२०७८ पुस १६ शुक्रवार

666 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । बन्दसत्रमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार र बिहीबार समूहका टोली नेताहरुले आफ्नो प्रश्न तथा सुझाब राखेका थिए ।

अधिकांश टोली नेताहरुले नेताहरुको आर्थिक अवस्था तथा जीवनशैलीमाथि प्रश्न उठाएका छन् । नेताहरुले माओवादी माओवादी जस्तो नभएको र वर्गीय आधार भत्किएको टिप्पणी गरेका थिए । धेरैको चिन्ता नेताहरु बिग्रिए भन्ने छ । उनीहरुले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

धेरै सहभागी प्रचण्डको प्रतिवेदन अमूर्त भएको टिप्पणी गरेका छन् । कतिपयले प्रचण्डको प्रतिवेदन प्रतिवेदन जस्तो नभएको बताएका छन् । सहभागीले प्रचण्डको प्रतिवेदनले पछिल्लो राजनीतिक अवस्थाको समाधान दिन नसक्ने जिकिर गरेका छन् ।

सहभागीले निश्चित नेताको पेवाजस्तो पार्टी बनेको भन्दै आलोचना गरेका छन् । लाभका पदमा निरन्तर एउटै परिवारका नेताहरु मात्रै सहभागी भइरहेको धेरैको भनाई छ ।

०६४ पछि निरन्तर सत्तामा रहँदा पनि तत्कालिन समय माओवादी आन्दोलनले उठाएका कुनै पनि मुद्दाहरु पुरा गर्ने तर्फ नेतृत्व ध्यान नदिएको धेरैको टिप्पणी छ । सहभागीले नेताहरुको कामको मूल्यांकन गर्न पनि माग गरेका छन् ।

साथै अधिकांश प्रतिनिधिहरुले एमसीसी विषयमा पनि प्रश्न उठाएका छन् । धेरैको सुझाब एमसीसीलाई फिर्ता लैजानुको विकल्प छैन भन्ने छ ।

यस्ता छन् मुख्य सुझाव तथा प्रश्न

उच्चस्तरीय अधिकारसम्मन्न समिति बनाएर नेताहरुको सम्पत्ति छानबिन गरियोस् ।

एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था गरियोस् ।

लाभका पदमा परिवारको हालीमुहालीको अन्त्य गरियोस् ।

नेतृत्वको जीवनशैली सरल र पारदर्शी हुने कुराको सुनिश्चित गरियोस् ।

सबै नेताहरुको आर्थिक अवस्था पारदर्शी बनाइयोस् ।

नेताहरुको कामको मूल्यांकन गर्ने व्यवस्था गरियोस् ।

पटक–पटक सत्तामा जाँदा पनि किन जनमुखी काम हुन सकेन ?

शान्ति प्रक्रियाका बाँकी काम किन पूरा भएन ?

समाजवादमा जाने विषय स्पष्ट भएन ।

आफ्नै नेतृत्वका सरकारहरु पनि किन गुमनाम भए ?

०५२ सालका प्रतिबद्धता कति पूरा भए, समीक्षा खोइ ?

महाधिवेशनमा आर्थिक प्रतिवेदन खोइ ?

नेताहरुको उमेर हद पनि तोकिनुपर्यो ।

पार्टी नेतृत्वमा समावेशी र समानुपातिक व्यवस्था लागु गरिनुपर्यो र

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली ल्याउनुपर्छ ।

एमसीसी सम्झौता निःशर्त खारेज गर्नुपर्छ ।

असमान सन्धी सम्झौता खारेजीको लागि बोल्नुपर्छ ।

चुरे दोहन रोक्नुपर्‍यो ।

उत्पादनसम्बन्धमा जोडिने विषय प्रष्ट भएन ।

जनताले उत्पादन गरेका वस्तु सरकारले खरिद गर्नुपर्छ ।

म सहकारीको अवधारणा आएन ।

याे पनि पढ्नुहाेस् 

प्रचण्डको प्रतिवेदन प्रतिगामी भन्दै लेखनाथ न्यौपानले राखे १० बुँदे फरम मत (पूर्णंपाठसहित)

माओवादीभित्रका १० धनाढ्यको नाम सार्वजनिक गर्न प्रचण्डसँग माग

वि.सं.२०७८ पुस १६ शुक्रवार १३:३१ मा प्रकाशित

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...